२०८१ बैशाख ४ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा विदेशबाट आएकाको विवरण संकलन सुरु


बिर्तामोड, चैत १६ । बिर्तामोड नगरपालिकाले वडा नम्बर १ बाट विदेशदेखि हालसालै आएका व्यक्तिहरुको लागत संकलन सुरु गरेको छ । बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेका अनुसार अन्य वडामा पनि त्यस्ता व्यक्तिहरुको पहिचान कार्य सुरु गरिनेछ ।

वडा नम्बर १ को बैठकले टोल विकास संस्थाका प्रतिनिधिको सहयोगमा प्रत्येक घरमा पुगेर लगत संकलन गर्ने निर्णय गरेको हो । बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका प्रमुख तुलसी पोखरेलले पनि सबै वडामार्फत यस प्रकारको विवरण संकलन भइरहेको बताए ।

प्रहरी र जनप्रतिनिधमार्फत आएको विवरण संकलन गरी उपल्लो निकायमा पठाइने शाखा प्रमुख पोखरेलले जानकारी दिए । यसैबीच, वडाको बैठकले अत्यावश्यक सवारी साधन समेतको आवगमनमा अवरोध खडा भएकाले टोलटोलमा लगाइएका ढाट हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

यसैगरी, वडाले दैनिक रोजीरोटी गर्ने मजदुरवर्गको समेत लगत संकलन गर्ने निर्णय गरेको वडा अध्यक्ष पाण्डेले बताए ।

व्यक्ति र मजदुरको लगत संकलनका लागि ३५ वटा टोल विकास समितिमार्फत काम गर्ने बताइएको छ । जसका लागि पाँचजना जनप्रतिनिधिले सात÷सात वटा टोल विकास संस्थाभित्र काम गर्ने गरी कार्य विभाजन समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer