२०८१ बैशाख ४ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोना राहत कोषमा बिर्तामोडको ५० लाख रुपैयाँ


बिर्तामोड, चैत १७ । झापाको बिर्तामोड नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष गठन र सञ्चालन कार्यविधि २०७६ पारित गरेको छ ।

आज सामबार बसेको नगर कार्यसमितिको बैठकले कार्यविधि पारित गर्दै बिर्तामोडमा ५० लाख रुपैयाँको कोष खडा गर्ने निर्णय गरेको नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले जानकारी दिए ।

कोषमा नगर प्रमुख, उपप्रमुखसहित परिषदका सबै सदस्यले एक महिनाबराबरको भत्ता जम्मा गर्ने निर्णय पनि भएको छ । राहत कोषमा सरकारी गैरसरकारी क्षेत्रबाट प्राप्त हुने नगद र जिन्सी सहयोगलाई जम्मा गरिने नगरपालिकाले जनाएको छ ।

नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेका अनुसार बैठकले अति विपन्न, अशक्त पहिचानका मापदण्डहरु समेत तय गरेको छ । यसैगरी, नगर क्षेत्रभित्र रहेका सबै सांसद र संविधानसभाका सदस्यहरु रहनेगरी सल्लाहकार समिति पनि गठन गरिएको छ ।

नगरस्तरीय समितिलाई सहयोग गर्न नगर प्रमुख, उपप्रमुख र २ जना वडा अध्यक्ष सम्मिलित अनुगमन समिति गठन गरिएको प्रवक्ता पाण्डेले बताए । अनुगमन समितिको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत रहनेछन् ।

नगर कार्यसमितिको बैठकले वडा अध्यक्ष संयोजक रहेको वडास्तरीय राहत व्यवस्थापन समिति समेत गठन गरेको छ । राहत प्याकेज वितरण कार्यमा टोल विकास संस्थाहरुले सहयोग गर्ने बताइएको छ ।

नगरको बैठले कोरोना भाइरस संक्रमण रोकथामका विषयमा सरकारले गरेका निर्णय र निर्देशनलाई अक्षरशः पालना गर्न नगरबासीहरुमा अपिल समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer