२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट निधन हुने ३८ हजारनजिक


-हिमाल खरेल

बिर्तामोड, चैत १८ । विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म संसरभर ३७ हजार ८१४ जनाको निधन भएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ ) ले जनाएको छ । विश्वभर सात लाख ८५ हजार ७१२ जना कोरोना संक्रमित पुगेका छन् ।

डब्ल्युएचओका अनुसार सात लाख ८५ हजार ७१२ जना कोरोना संक्रमितमध्ये दुई लाख तीन हजार ४२० जनाको रिजल्ट बाहिर आएको छ । अर्थात, एक लाख ६५ हजार ६०६ जना उपचारपछि घर फर्किएका छन् भने बाँकी ३७ हजार ८१४ जनाको निधन भएको हो । सफल उपचार र निधन भएकाबाहेक पाँच लाख ८२ हजार २९२ जनामध्ये पाँच प्रतिशत (२९ हजार ४८८ जना) को अवस्था दयनीय छ । बाँकी पाँच लाख ५२ हजार ८०४ जनाको उपचार र अवस्था स्थीर छ ।

अमेरिकामा बढी संक्रमित

चीनमा नियन्त्रणतर्फ देखिएको कोरोनाबाट युरोपियन मुलुकहरु बढी प्रभावित भएका छन् । अमेरिका पनि कोरोना भाइरसका कारण उत्तिकै प्रभावित बन्दै गएको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा पुगेका छन् । त्यहाँ एक लाख ६४ हजार २४८ जना संक्रमित पुगेको डब्ल्युएचओले जनाएको छ ।

त्यस्तै, क्रमशः इटलीमा एक लाख एक हजार ७३९ संक्रमित पुगिसकेका छन् भने स्पेनमा ८७ हजार ९५६ जना संक्रमित छन् । चीनमा ८१ हजार ५१८ जना संक्रमित छन् भने जर्मनीमा ६६ हजार ८८५ जना कोरोना भाइरसको संक्रमणमा छन् । फ्रान्समा ४४ हजार ५५० जना संक्रमित छन् भने इरानमा ४१ हजार ४९५ जना संक्रमित छन् । बेलायतमा २२ हजार १४१ संक्रमित छन् ।

त्यस्तै, स्विट्जरल्यान्डमा १५ हजार ९२२, बेल्जियममा ११ हजार ८९९, नेदरल्यान्डमा ११ हजार ७५० र टर्कीमा १० हजार ८२७ जना कोरोना संक्रमित छन् । दक्षिण कोरियामा नौ हजार ६६१, अस्ट्रियामा नौ हजार ६१८, क्यानाडामा सात हजार ४४८, पोर्चुगलमा छ हजार ४०८, इजरायलमा चार हजार ६९५, ब्राजिलमा चार हजार ६३०, अस्टे«लियामा चार हजार ४६०, नर्वेमा चार हजार ४४५, स्विडेनमा चार हजार २८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

त्यस्तै, चेकियामा तीन हजार एक, आयरल्यान्डमा दुई हजार ९१०, मलेसियामा दुई हजार ६२६, डेनमार्कमा दुई हजार ५७७, चिलीमा दुई हजार ४४९, रोमानियामा दुई हजार १०९ र पोल्यान्डमा दुई हजार ५५ जना संक्रमित फेला परेका छन् ।

लक्जम्बर्ग, एक्वेडर, जापान, रसिया, पाकिस्तान, फिलिपिन्स, थाइल्यान्ड, साउदी अरेयिबा, इन्डोनेसिया, फिनल्यान्ड, दक्षिण अफ्रिका, भारत, ग्रिस, आइसल्यान्ड र पानामामा एक हजारभन्दा बढी संक्रमित छन् । बाँकी मुलुकहरुमा संक्रमित तीन अंकमा सीमित भए पनि बढ्ने क्रम जारी छ ।

यी हुन् कम संक्रमित मुलुक

कोरोना भाइरसबाट कम संक्रमित मुलुकहरुमा टिमोर लिस्ट, सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्स र पपुवा न्युगिनीमा एकएकजना, ब्रिटिस भरजिन आयल्यान्ड, एन्गिल्ला र नेदरल्यान्डको एमएस जानदाम जहाज क्षेत्रमा दुईदुईजना संक्रमित फेला परेका छन् ।

त्यस्तै, सोमालिया, लाइबेरिया, सेन्ट्रल अफ्रिकन गणतन्त्र, वोत्सवाना र बेलिजमा तीनतीनजना, भुटान, निकारागुवा र गामबियामा चारचारजना संक्रमित भेटिएका छन् । नेपालसहित तुर्क र काइकोस टापु, मोन्टसेराट, फिजी, अफ्रिकी मुलुक चाडमा पाँचजना कोरोना संक्रमित पुष्टि भएका छन् ।

६ जना संक्रमित भएका मुलुकहरुमा सिन्ट मार्टेन, सेन्ट बार्थ, भ्याटिकन सिटी, बेनिन, मौरिटानिया, केप भर्डे र सुडान छन् । सेन्टस् किट्स र नेविस, एन्टिगुवा र बार्बुडा, जिम्बाबे, गावोन र अंगालामा सातजना संक्रमित छन् । सुरिनेम, सेचेलेस, मोजाम्बिक, लिबिया, लाओस, गिनी बिसाउ र गुयेनामा आठजना कोरोना संक्रमित फेला परेका छन् । स्वाजिल्यान्ड, सेन्ट लुसिया र ग्रेनाडामा नौजना संक्रमित छन् ।

१८ मुलुकमा १० देखि १८ जना संक्रमित छन् भने पाँच मुलुकमा २० देखि २९ जना, नौ मुलुकमा ३० दखि ३९ जना, पाँच मुलुकमा ४० देखि ४९ जना, १३ मुलुकमा ५१ देखि ९९ जना संक्रमित पुष्टि भएका छन् । २२ मुलुकमा १०३ देखि १७९ जना, ११ मुलुकमा २०३ देखि २९८ जना, १० मुलुकमा ३०२ देखि ३७६ जना, चार मुलुकमा ४४६ देखि ४९१ जन संक्रमित छन् । २१ मुलुकमा ५१५ देखि ९९३ जना संक्रमित छन् ।

बढी निधन इटलीमा

विश्वमा सबैभन्दा बढी इटलीका मानिसको निधन भएको छ । इटलीमा ११ हजार ५९१ जनाको निधन कोरोना भाइरसका कारण भइसकेको छ । इटलीपछि स्पेनमा सबैभन्दा बढी मानिस सात हजार ७१६ जनाको निधन भएको छ ।

त्यस्तै, चीनमा तीन हजार ३१०, संयुक्त राज्य अमेरिकामा तीन हजार १७२, फ्रान्समा तीन हजार २४, इरान मा दुई हजार सात सय ५७ र बेलायतमा एक हजार ४०८ जनाको निधन कोरोनाका कारण भएको छ ।

नेदरल्यान्डमा ८६४, जर्मनीमा ६४५, बेल्जियम ५१३, स्विटजरल्यान्डमा ३५९, टर्कीमा १६८, ब्राजिलमा १५९, दक्षिण कोरियामा १६६, स्विडेनमा १४६, पोर्चुगलमा १४०, इन्डोनेसियामा १२२, अस्ट्रियामा १०८ जनाका निधन कोरोनाको कारण भएको छ ।

क्यानाडामा ९५, फिलिपिन्समा ७८, डेनमार्कमा ७७, रोमनियामा ६५, एक्वेडरमा ६०, आयरल्यान्डमा ५४, जापानमा ५४, इराकमा ४६, ग्रिसमा ४३, डोमिनिकन गणतन्त्रमा ४२, इजिप्टमा ४१, मलेसियामा ३७, अलजेरियामा ३५, मोरक्कोमा ३३, भारतमा ३२, नर्वेमा ३२, क्यानाडामा ३१, पोल्यान्डमा ३१ जनाले ज्यान गुमाएका छन् ।

कम निधन हुने मुलुक

कम निधन हुने मुलुकहरुमा त्रिनिदाद र तोबागो, दक्षिण अफ्रिका, सिंगापुर, पाराग्वे, नाइजेरिया, मौरिटियस, एसतोनिया र अर्मेनियामा तीनजनाको निधन भएको छ । त्यस्तै, क्युबा, हङकङ, बोलिभिया, बहराइन, अजरबइजन, अफगानिस्तान, युएइ, ताइवान, जोर्डन र बंगलादेशमा पाँचजनाको निधन भएको छ । क्यामरुनमा छजनाको निधन भभएको छ भने उत्तरी माकोडोनिया, लिथुवानिया, होनडुरस र साइप्रसमा सातजनाको निधन भएको छ ।

ट्युनिसिया, साउदी अरेयिबा, कंगो, चिली, बुलगरिया र अनडोर्रामा आठजनाको निधन हुँदा थाइल्यान्ड र रसियामा नौजनाको निधन भइसकेको छ । १० देखि २९ जना ज्यान गुमाउने मुलुक २० वटा रहेका छन् ।

बढी निको हुने चीनमा

कोरोना संक्रमितहरुमध्ये उपचारपछि घर फर्किनेहरु सबैभन्दा बढी चीनका नागरिक छन् । चीनमा ७५ हजार ९२३ जना निको भएर आराम गरिरहेका छन् । चीनपछि बढी निको हुनेमा स्पेनका १६ हजार ७८० जना, इटलीका १४ हजार ६२०, इरानमा १३ हजार ९११, जर्मनीमा १३ हजार ५०० जनाका उपचार भएको छ ।

त्यस्तै, फ्रान्समा सात हजार ९६४, अमेरिकमा पाँच हजार ६४४, दक्षिण कोरियामा पाँच हजार २२८, स्विटजरल्यान्डमा एक हजार ८२३, बेलजियममा एक हजार ५२७ को उपचार भएको छ । २२ वटा मुलुकमा कम्तिमा १०२ जनादेखि ६३६ जनाको उपचार भइसकको छ । ९३ वटा मुलुकमा एकजनादेखि ७६ जनाको सफल उपभार भएको छ ।

स्रोत : https://www.worldometers.info/coronavirus/ (बिहान ०८ः०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer