२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बाल केन्द्रलाई एकता युवा क्लबको राहत


मेचीनगर, चैत २० । कोरोना भाइरसबाट प्रत्यक्ष प्रभावित बनेका असहाय र विपन्न समुदायलाई सहयोग गर्दै आएको मेचीनगरको एकता युवा क्लबले अनाथ आश्रममा खाद्यान्न वितरण गरेको छ ।

मेचीनगर ७ काँकरभिट्टा रहेको जागृत बाल उद्धार केन्द्रमा रहेका बालबालिकाका लागि स्थानीय युवाले सहयोग माग्दा वडा कार्यालयले बेवास्ता गरेपछि क्लबको अग्रसरतामा खाद्यान्न वितरण गरिएको क्लबका अध्यक्ष दिपेश पाठकले जानकारी दिए ।

क्लबले सा केन्द्रलाई २५ केजी चामल १० किलो आलु, ५ किलो कोपी, २ लिटर तेल, २ किलो नुनलगायत अत्यावश्यक खाद्य सामग्री वितरण हो । राहत वितरणमा क्लबका सचिव मन्जु चिमरिया, कोषाध्यक्ष सन्तोष धमला, सदस्य विनोद रिमाल, बिरु मेचे, आशिष पौडेल, निरु मेचेलगागतको सहभागिता रहेको थियो । व्यक्तिगत रकम संकलन गरेर क्लबको अगुवाईमा उनीहरुले यसअघि पनि राहत वितरण गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer