२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बुधबारे जेसिजले दियो पिपिइ


शान्तिनगर, चैत २० । झापाको बुद्धशान्तिस्थित बुधबारे जेसिजले दुई स्वास्थ्य संस्थामा व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) प्रदान गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन अहोरात्र खटिरहेका मेडिकल र क्लिनिकलाई पिपिइ प्रदान गरेको हो । बुधबारे जेसिजका अध्यक्ष नन्दकुमार राईले जोखिम मोलेर खटिरहेकाहरुको सुरक्षा र सेवा प्रदानमा सहजता पुग्ने उद्देश्यले पिपिइ वितरण गरेको बताए ।

जेसिजले बुद्धाशान्ति–१ स्थित होक्से मेडिकल र बुद्धशान्ति–६ स्थित राई हेल्थ क्लिनिकलाई पिपिइ प्रदान गरेको हो । कार्यक्रममा वडाध्यक्ष शम्भुप्रसाद पौडेलले धन्यवाद ज्ञापन गरेका थिए । अध्यक्ष राईले गाउँपालिकाका साविक शान्तिनगर र बुधबारे गाविसका ग्रामीण स्थानका दुईवटा क्लिनिकलाई मध्यनजर गर्दै पिपिइ वितरण गरिएको जानकारी दिए ।

गाउँपालिकाले बुद्धशान्तिका स्वास्थ्य संस्था र एम्बुलेन्स चालकलाई पिपिइ प्रदान गरिसकेको गाउँपालिका अध्यक्ष रमेश भुजेलले जानकारी दिए । यसैबीच, वडाध्यक्ष पौडेलले बुद्धशानिका होम क्वारेन्टाइनको निरीक्षण गरेका छन् । वडा नम्बर ५ का वडा अध्यक्ष वासुदेव खतिवडाले आफ्नो वडामा क्वारेन्टाइनमा राखिएका १२ जनाको निरीक्षण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer