२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड नगरलाई रोटरी क्लब बिर्तामोडको एक लाख


बिर्तामोड, चैत २१ । रोटरी क्लब अफ बिर्तामोडका पदाधिकारी तथा सदस्यहरुले बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा एक लाख एक हजार रुपैयाँ प्रदान गरेका छ ।

बिर्तामोडका नगर प्रमुख ध्रुवकुमार शिवाकोटी र उपप्रमुख पवित्रा महतरालाई शुक्रबार नगरपालिकामै पुगेर संस्थाका सदस्यहरुले हस्तान्तरण गरिएको क्लबका पूर्वअध्यक्ष विनोद बस्नेतले जानकारी दिए । कोषमा नगरपालिकाले ५० लाख छुट्याएको छ भने विभिन्न संघसंस्था र व्यक्तिबाट करिब १० लाख थप भइसकेको बताइएको छ । क्लबले यसअघि पनि दर्जनौँ सामाजिक गतिविधिमा महत्वपूर्ण सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer