२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सहाराद्वारा सदस्यलाई निर्ब्याजी सात करोड सापटी


५० लाखको राहत प्याकेज

बिर्तामोड, चैत २१ । नेपालकै सबैभन्दा बढी शेयर सदस्य भएको झापा बिर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरसविरुद्धको अभियानका लागि ५० लाख रुपैयाँको राहत प्याकेज घोषणा गरेको छ ।
संस्था शुक्रबारदेखि २५ औँ वर्षमा प्रवेश गरेको अवसरमा सहाराले समुदाय केन्द्रित राहत कार्यक्रमको प्याकेज घोषणा गरेको हो । क्वारेन्टाइनमा राखिएका नागरिक, खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेतका लागि सुरक्षा सामग्रीसहितको व्यवस्थापन र विपन्न नागरिकका लागि खाद्य सहायता हुने गरी राहत प्याकेज घोषणा गरिएको सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताए ।
यसअघि सहाराले प्रदेश १ का विभिन्न क्वारेन्टाइनमा बसेका नागरिकका लागि खाद्यान्न सहायता उपलब्ध गराएको थियो । सहारा कर्मचारी मानवीय सहायता कोषसमेत परिचालन गर्दै राहत प्याकेज बनाइएको कार्यकारी निर्देशक गिरीले जानकारी दिए ।
देश लक डाउनका बेला संकटमा परेका सदस्यलाई पाँच हजार रुपैयाँ सापटी दिने निर्णय गर्दै सहाराले त्यसका लागि सात करोड रुपैयाँ छुट्याइएको जनाएको छ । सापटी आगामी दुई महिनाभित्र फिर्ता गर्नुपर्छ । सापटीमा ब्याज नलाग्ने कार्यकारी निर्देशक गिरीले बताए ।
सहाराले चैत मसान्तभित्र बुझाउनु पर्ने किस्ता तथा ब्याज बैशाखभित्र बुझाए हुने गरी व्यवस्थापन गर्दै हर्जना छुट दिने पनि निर्णय गरेको छ । सहारा सामाजिक तथा विपद कार्यमा योगदान पुर्याउने मुलुककै अग्रणी सहकारी हो । सहाराको हाल १० अर्ब रुपैयाँभन्दा बढी पुँजी रहेको छ । समुदाय हितका साथै स्वास्थ्य, सामाजिक सुरक्षा, शिक्षा, कृषि र पर्यटनको क्षेत्र काम गर्दै आएको सहाराले २०८० सम्म २५ अर्ब पुँजी पुर्याउने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer