२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

नेपालमा पहिलोपटक कोरोनाको ‘लोकल ट्रान्समिसन’


संक्रमितको संख्या ९ पुग्यो

बिर्तामोड, चैत २२। नेपालमा पनि पहिलोपटक कोरोना भाइरसको ‘लोकल ट्रान्समिसन’ देखापरेको छ । कैलालीमा विदेशबाट आएका संक्रमितबाट स्थानीयमा कोरोना सरेको पाइएको हो ।

यसलाई कोरोना संक्रमणको दोस्रो चरणमा मानिन्छ । तेस्रो ‘कम्युनिटी ट्रान्समिसन’ हो, जसले महामारीको चरणमा पुर्याउन भूमिका खेल्ने विज्ञहरुले बताएका छन् । यसअघि नेपालमा जति संक्रमण देखिएको थियो, सबै विदेशबाट आएका नेपालीहरु थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार तीनजना नयाँ संक्रमित भेटिएको घोषणा गरेको छ । जसमध्ये दुईजना भारतबाट आएका हुन् भने एक स्थानीय ३४ वर्षीया महिला हुन् । उनी यसअघि संक्रमण देखिएका पुरुषका आफन्त हुन् ।

दुईजनमध्ये एकजना मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय र अर्का उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष छन् । उनीहरु तीनजनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । संसारभर ११ लाख १९ हजार ७०२ जना संक्रमित पुगेका छन् । ५९ हजार २४५ जनाको निधन भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer