२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

गौरीगञ्जका विपन्नलाई लायन्स बिर्तामोड सिटीको खाद्यान्न


बिर्तामोड, चैत २२ । लायन्स क्लब अफ बिर्तामोड सिटीले गौरीगंज गाउँपालिका वडा नम्बर ३ मा रहेका गरिब तथा विपन्न परिवारलाई शुक्रबार खाद्यान्न वितरण गरेको छ ।

कोरोना भाइरसका कारण लकडाउन भएपछि समस्यामा परेका गरिब तथा विपन्न परिवारलाई क्लबले स्थानीयस्तरमै पुगेर खाद्यान्न वितरण गरेको क्लबका अध्यक्ष नीरज ओलीले जानकारी दिए । गौरीगंज क्षेत्रमा लाइन्स क्लबले लक डाउनका कारण आवतजावत बन्द भएपछि दैनिक ज्यालादारीमा काम गरेर छाक टार्ने परिवारलाई खाद्यान्न दिएको हो ।

उनीहरुको तत्कालका समस्या समाधानका गर्न राहतस्वरुप खाद्य सामग्री वितरण गरिएको क्लबका सहसचिव अनन्तलाल महतोले बताए । लकडाउनका कारण विपन्न परिवारहरुले ज्यालादारीमा काम गर्न नपाएपछि खाद्यान्न अभाव हुन नदिन ४० घरपरिवारलाई राहत सामग्री क्लबले वितरण गरेको हो ।

क्लबले प्रतिपरिवार १० किलो चामल, एक किलो दाल, नुन, आधा लिटर तेल र एक किलो आलु वितरण गरेको महासचिव उपेन्द्र बानियाँले जानकारी दिए । राहत वितरण कार्यक्रममा क्लबका क्षेत्रीय अफिसर सत्यनारायण शर्मा, द्वितीय उपाध्यक्ष रामेश्वर द्विवेदी, क्लबका कोषाध्यक्ष दुर्गा थपलिया, लायन्स क्लबका प्रवक्ता हिमाल खरेललगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer