२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

संसरभर कोरोनाबाट निधन हुनेको संख्या ६९,४१३


संक्रमितको संख्या १३ लाखनजिक

बिर्तामाड, चैत २४ । विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म संसरभर ६९ हजार ४१३ जनाको निधन भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ ) का अनुसार विश्वभर १२ लाख ७२ हजार ५१४ जना कोरोना संक्रमित पुगेका छन् ।

१२ लाख ७२ हजार ५१४ जना कोरोना संक्रमितमध्ये ३ लाख ३० हजार ८९८ जनाको रिजल्ट बाहिर आएको छ । अर्थात, २ लाख ६१ हजार ४८५ जना उपचारपछि घर फर्किएका छन् भने बाँकी ६९ हजार ४१३ जनाको निधन भएको हो ।

सफल उपचार र निधन भएकाबाहेक ९ लाख ४१ हजार ६१६ जनामध्ये पाँच प्रतिशत अर्थात ४५ हजार ६१९ जनाको अवस्था दयनीय छ । बाँकी ८ लाख ९५ हजार ९९७ जनाको उपचार र अवस्था स्थीर छ ।

कारोना भाइरसबाट सबैभन्दा बढी निधन इटलीमा भइरहेको डब्ल्युएचओले जनाएको छ । इटलीमा ज्यान गुमाउनेको संख्या १५ हजार ८८७ जना पुगेको छ । त्यसपछि स्पेनमा १२ हजार ६४१, अमेरिकामा ९ हजार ६०५, फ्रान्समा ८ हजार ७८, बेलायतमा ४ हजार ९३४, इरानमा ३ हजार ६०३ र चीनमा ३ हजार ३२९ जनामो निधन भइसकेको छ ।

त्यस्तै, सबैभन्दा बढी संक्रमित अमेरिकामा पुगका छन् । अमेरिकामा ३ लाख ३६ हजार ३२७ जना संक्रमित छन् । त्यसपछि स्पेनमा एक लाख ३१ हजार ६४६, इटलीमा एक लाख २८ हजार ९४८, जर्मनीमा एक लाख १२३, फ्रान्समा ९२ हजार ८३९ र चीनमा ८१ हजार ६६९ जना संक्रमित पुगेका छन् ।

विश्वका २०८ मुलुकमा फलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ७१ हजार ४१ जनामा देखिएको छ भने ४ हजार ७३५ जनाको निधन भएको डब्ल्युएचओले जनाएको छ । नेपालमा भने संक्रमितको संख्या ९ पुगेको छ । एकजना निको भएर घर फर्किएका छन् ।

अमेरिकामा एकै दिन ४ नेपालीको मृत्यु

अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण मृत्यु भएको छ । यसअगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुने नेपालीको संख्या पाँच पुगेको छ ।

शनिबार थप चारजनाको निधन भएको हो । यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे विष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु छन् । सबै न्युयोर्कमा बस्दै आएका थिए । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer