२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड नगरपालिकालाई नेकपाको १० हजार किलो चामल


बिर्तामोड, चैत २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिर्तामोड नगर कमिटीले बिर्तामोड नगरपालिका कार्यालयले स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा १० हजार किलो चामल हस्तान्तरण गरेको छ ।

सोमबार एक कार्यक्रमका बीच पार्टीले चार लाख रुपैयाँबराबरको एक सय क्विन्टल चामल हस्तान्तरण गरेको नगर पार्टी अध्यक्ष ज्ञानुराम प्रसाईंले जानकारी दिए । बिर्तामोड नगरपालिका क्षेत्रमा बसोबास गर्ने पार्टी संगठित सदस्यहरुबाट स्वेच्छिक सहयोग संकलन गरी अत्यावश्यक खाद्यवस्तु चामल किनेर नगरपालिकालाई प्रदान गरिएको अध्यक्ष प्रसाईंको भनाइ छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लक डाउनको अवधिमा विपन्न र दैनिक ज्याला मजदुरी गर्ने परिवार भोकै रहने अवस्था आएपछि चामल किनेर सहयोग गरिएको हो । नगरका विपन्न कुनै परिवार भोकै बस्न हुँदैन भन्ने सदिच्छा राखेर पार्टीको तर्फबाट सहयोग गरिएकाले नगरपालिकाले ढिलो नगरी पारदर्शी तवरबाट लक्षित परिवारलाई वितरण गर्न प्रसाईंले आग्रह गरे ।

नेकपाले दिएको १० हजार किलो चामल ग्रहण गरेपछि नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले बिर्तामोडका ६ हजार ९०० विपन्न परिवारका लागि खाद्यान्न प्रदान गर्न थालिएकोले नेकपाले दिएको चामलले नगरपालिकाको अभियानमा महत्वपूर्ण सहयोग पुगेको बताए ।
उनले नेकपाले जसरी नै बिर्तामोडमा क्रियाशील राजनीतिक दलहरु तथा सामाजिक, व्यावसायिक, वित्तीय संघ–संस्थालाई पनि यथाशक्य नगद तथा खाद्य सामग्री सहयोग गर्न आह्वान गरे ।

चामल हस्तान्तरणका अवसरमा नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसार्इं, प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा, नेकपा नगर कमिटीका इन्चार्ज युवराज दाहाल, सचिव मोहन सुब्बा, जिल्ला सदस्य अरुण श्रेष्ठ, युवा व्यवसायी सुवास भट्टराईलगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer