२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बैशाख ३ सम्म लक डाउन


बिर्तामोड, चैत २४ । सरकारले बैशाख ३ गतेसम्म लक डाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले लक डाउनको अवधि तेस्रोपटक बढाएर बैशाख ३ गतेसम्म कायम गर्ने निर्णय गरेको जानकारी दिइएको छ । यसअघि गृहमन्त्री रामबहादुर थापाले लक डाउनको समय बढाउने तयारी भइरहेको जानकारी दिएका थिए ।

सरकारले यही चैत ११ गतेदेखि कोरोनाको संक्रमण कम गर्ने उद्देश्य राखेर पहिलो चरणमा लक डाउन गरेको थियो । त्यस्तै, चैत १८ गते पुनः लक डाउनको समय थप गरेर मङ्गलबारसम्मका लागि थप गरिएको थियो ।

यही चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्काे प्रदेश, एक जिल्लाबाट अर्काे जिल्ला र एक स्थानीय तहबाट अर्काे स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमणको अवधि र यसको जोखिम रहिरहुञ्जेलसम्म लक डाउनको अझ पूर्ण पालना गराउन प्रदेश र सबै निकायलाई प्रभावकारी रुपमा काम गर्न सरकारले निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्ले कोभिड–१९ को सम्भाव्य जोखिम तथा शंकामा रहेका व्यक्तिको व्यापक रुपमा (मास स्केलमा) परीक्षण प्रक्रिया सुरु गर्ने निर्णय समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer