२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बुधबारे जेसिजद्वारा १० परिवारलाई खाद्यान्न


शान्तिनगर, चैत २४ । झापाको बुद्धशान्तिमा रहेको बुधबारे जेसिजले सो गाउँपालिकाको शान्तिनगर क्षेत्रका १० अतिविपन्न परिवारलाई १५ दिन पुग्ने खाद्यान्य वितरण गरेको छ ।

बुधबारे जेसीजका अध्यक्ष नन्दकुमार याफु राईको नेतृत्वमा सोमबार बुधबारे जेसिजले सो क्षेत्रमा प्रतिसदस्य ५ किलो चामल, तेल, नुनलगायतका खाद्यान्य र साबुन वितरण गरिएको थिम इडिटर आयुष निरौलाले जानकारी दिए । शान्तिनगर क्षेत्रमा खाद्यान्य वितरण कार्यक्रम बुधबारे जेसिजका सहकोषाध्यक्ष पुष्कर पौड्यालको संयोजकत्व रहेको थियो ।

कार्यक्रममा अध्यक्ष राई, सचिव अनिल वाग्ले, थिम एडिटर निरौला, विष्णु लामिछाने लगायतको उपस्थिति रहेको थियो । संस्थाका सदस्यहरुले नगद तथा खाद्यान्य सहयोग गरेर पहिलो चरणमा शान्तिनगर क्षेत्रमा अतिविपन्न नागरिकलाई खाद्यान्य वितरण गरिएको संयोजक पौड्यालले बताए ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण गत चैत ११ गतेदेखि लक डाउन गरिएपछि अतिविपन्न नागरिकलाई दुई छाक खान समस्या हुने गरेको छ । कोरानाबाट बच्न विभिन्न १० ठाउँमा बुधबारे जेसिजले अन्य संस्थासँगको समेत सहकार्यमा साबुनपानीले हात धुने व्यवस्था गरिरहेको छ भने दुईजना स्वास्थ्यकर्मीलाई पिपिइसमेत प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer