२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

यस्तो छ सार्क मुलुकमा कोरोनाको अवस्था


-हिमाल खरेल
बिर्तामोड, चैत ३० । कोरोना भाइरसका कारण दक्षिण एसियाली देशहरु नेपाल, भूटान र माल्दिभ्सबाहेक अन्य देशहरुका नागरिकले ज्यान गुमाएका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसबाट दक्षिण एसियाली देशहरु पनि अछुतो रहेनन् । दक्षिण एसियाका सबै देशमा कोरोना भाइरसका बिरामी देखिएका छन् । यी देशमा अहिले कतै ‘लकडाउन’ त कतै स्वास्थ्य आपतकाल घोषणा गरिएको छ ।

नेपाल

नेपालमा हालसम्म १२ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । एकजना उपचारपछि निको भएर घर फर्केका छन् भने ११ जनाको उपचार भइरहेको छ । कोरोना भाइरसको संक्रमणलाई ख्याल गर्दै सरकारले २०७७ बैशाख ३ गतेसम्म लकडाउन घोषणा गरेको छ । चैत ११ गते लागु भएको लक डाउनलाइ अझ कडा पार्दै लगिएको छ । संक्रमित भेटिने क्रम नरोकिएमा यो अझै केही दिन बढ्ने निश्चित छ ।

आइतबार मात्र पर्साको वीरगञ्जमा तीनजना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

माल्दिभ्स

माल्दिभ्समा १९ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । १३ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ६ जनाको उपचार भइरहेको छ । हालसम्म त्यहाँ कसैको मृत्यु भने भएको छैन ।

भुटान

भुटानमा ५ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ । सुरुमा भारतबाट छिरेका एक व्यक्तिमा कोरोना देखिएपछि भुटानले सबै नाकाहरु बन्द गरेको थियो । २ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ३ जनाको उपचार भइरहेको छ । हालसम्म त्यहाँ कसैको मृत्यु भने भएको छैन ।

भारत

भारतमा २१ दिने लकडाउन लगाइएको छ । भारतमा ८ हजार ४४६ जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २८८ जनाको मृत्यु भइसकेको छ । नयाँ दिल्लीबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कश्मिर घाँटीसम्म पुगेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार २१ दिनसम्मका लागि ‘लकडाउन’ घोषणा गरेका हुन् ।
भारतमा ९६९ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ७ हजार १८९ जनाको उपचार भइरहेको छ ।

पाकिस्तान

भारतपछि पाकिस्तानमा ५ हजार ११ जनाभन्दा बढीमा संक्रमण देखिएको छ जसमध्ये सिन्ध प्रान्तमा अत्यधिक संक्रमित भेटिएको छ । पाकिस्तानमा ८६ जनाको मृत्यु भएको छ । ७६२ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ४ हजार १६३ जनाको उपचार भइरहेको छ ।

अफगानिस्तान

पाकिस्तान र भारतसँग सिमा जोडिएको अफगानिस्तानमा ५५५ जनामा कोरोना संक्रमण देखिएको छ । १८ जनाको मृत्यु भएको छ । पाकिस्तान र भारतसँग नजिकको कनेक्सन भएका कारण यहाँ संक्रमित बढ्ने भएकाले उसले सीमा बन्द गरेको छ ।
अफगानिस्तानमा ३२ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ५०५ जनाको उपचार भइरहेको छ ।

बंगलादेश

भारत, पाकिस्तान र अफगानिस्तानपछि अर्को प्रभावित देश हो बंगलादेश । बंगलादेशमा ४८२ जना कोरोना संक्रमित पाइएको छ । बंगलादेशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

यहाँ ३६ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ४१६ जनाको उपचार भइरहेको छ । कोरोना भाइरसको संक्रमित सुरु भएसँगै बंगलादेशले सार्वजनिक यातायात र अन्तरिक उडानमा समेत रोक लगाएको थियो । आन्तरिक उडान र सार्वजनिक यातायात बन्द गरिएको छ ।

श्रीलंका

दक्षिण एसियाली देशमध्ये श्रीलंका पनि एक सयभन्दा धेरै कोरोना संक्रमित भएको देश हो । श्रीलंकामा कोरोना भाइरस संक्रमितको संख्या १९९ पुगेको छ । यहाँ हालसम्म कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको छ ।

लंकामा ५४ जना उपचारपछि निको भएर घर फर्केका छन् भने १३८ जनाको उपचार भइरहेको छ । श्रीलंकाका प्रधानमन्त्री गोतावे राजपाक्षले संक्रमित बिरामी देखिने बित्तिकै सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेका थिए । आन्तरिक हवाई यात्रामा पनि रोक लगाएका थिए । त्यहाँ अनिश्चितकालीन कर्फ्यू कायम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer