२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

आजबाट नयाँ वर्ष, घरमै सीमित उत्साह


बिर्तामोड, बैशाख १ । यसपालिको नयाँ वर्ष अन्य वर्षहरुभन्दा फरक अवश्य छ । एकअर्कासँग अंकमाल गरेर हैन, सामाजिक दूरी कायम राख्दै शुभकामना व्यक्त गरेर नयाँ वर्षको स्वागत हुँदैछ ।

प्राचीन राजा विक्रमादीत्यले सुरुवात गरेका यो सम्वत् नेपालको औपचारिक, आधिकारिक सम्वत् पनि हो, जसको औपचारिक आत्मसाथ नेपालले श्री ३ चन्द्र शमशेरको पालादेखि गरिआएको छ । विक्रम सम्वत् अनुसार हरेक नयाँ वर्ष बैशाख महिनाको १ गते अर्थात आजकै दिनबाट सुरु हुन्छ ।

विक्रम सम्वत् सूर्यसँग सम्बन्धित भएकाले महिनाहरु पनि ग्रह नक्षत्रका नामसँग सम्बन्धित छन् । नेपालको सम्वत प्रणाली सूर्य पात्रोसँग सम्बन्धित रहेको छ । जब पृथ्वीले सूर्यको एक परिक्रमा पूरा गर्दछ, त्यतिबेला चैत्र शुक्ल प्रतिपदा हुन्छ र सूर्य मिन राशीबाट पुनश्चः मेष राशीमा प्रवेश गर्ने गर्दछ । यही बेला नयाँ वर्षको सुरुवात हुन्छ, जसलाई सूर्यको शून्य अंश पनि भनिन्छ ।

तराईमा आजको दिनलाई सिरुवा भनिन्छ भने पूर्वी तराईमा जुटशितल भनेर एकअर्कामा पानी छ्यापेर मनाउने चलन छ । बारीमा पाकेका केरा, दही लगायतका खानेकुराहरु खाने अनि विशेषतः तरुवा, भरुवा अनि मुन्गा अर्थात सोइजनको तरकारी खाने चलन आजको दिनमा व्यापक छ ।

पहाडका खेतका गराहरूमा छरिएका मकैहरु चराहरुले नखाउन भनेर बुख्याँचा राख्ने चलन र बुख्याँचा बनाउने समय र नयाँ वर्षको उत्साह लगभग एकै समयमा पर्दछ । पहाडी, मध्य पहाडी भेक अनि हिमाली भेकमा पनि उत्साहका साथ मिठो खाएर, राम्रो लाएर यस दिनको उमङ्ग साटासाट गर्ने गरिन्छ ।

तर, यो उत्साहमा नेपालीहरु घुम्नका लागि घरको चौघेरामा सीमित छन् । विश्वभर फैलिएको कोरोना महामारीको रोकथामका लागि गरिएको लक डाउनका सबजना घरमै बसेका छन् । यसपालिको शुभकामना आदनप्रदान डिजिटल बनेको छ ।

साल फरिएको भए पनि चैतको अन्तिम दिन र आज बैशाखको पहिलो दिनमा फरक केही छैन । उही मौसम, उस्तै घाम, त्यही कोरोना कहर । यति हो, गएका वर्षहरुका राम्रानराम्रा अनुभव, सम्झना अनि कदमहरु संगाल्दै नयाँ वर्षलाई स्वागत गर्दै नयाँ केही संकल्पहरु गर्न जरुरी छ ।

झापा टुडे डटकमका तर्फबाट यो धर्तीमा रहेका सबै नेपाली र अन्य नागरिकलाई नयाँ वर्ष २०७७, सिरुवा पर्व, जुटशितल र बैशाखीको सतत शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer