२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बारीमै कुहिइयो काँक्रा


मदरगाछ, बैशाख ३ । लक डाउनको प्रत्यक्ष असर कृषकलाई परेको छ । यातायात र बजार सहज हुने बालीले बजार पाए पनि झापा मदरगाछका कृषकको बिजोग भएको छ ।

झापा शिवसताक्षी–५ मदगाछका कृषक शिवकुमार मण्डलले कनकाई नदीको किनारमा लगाएको काँक्राले बजार नपाउँदा बोटमै कुहिएर गएको छ । कोरोना भाइरस (कोभिड–१९) फैलने खतराका कारण सरकारले लक डाउन गरेपछि उनले लगाएको काँक्रा र खरबुजा बारीमै छ ।

लक डाउन भएयता उनले न काँक्रा टिप्न पाए न टिपेको बेच्न नै । जसका कारण बारीमै काँक्रा कुहिएको हो । खरबुजा पनि केही दिनमा नटिपे बिग्रने अवस्थामा पुग्ने उनले बताए । त्यस्तै, काँक्रा टिप्न बारी आउँदा पुलिसले लखेटेको शिवसताक्षी–६ का अर्का कृषक नरप्रसाद राजवंशीले बताए ।

अघिल्ला वर्षहरुमा खर्च कटाएर कम्तिमा ५ लाख रुपैयाँ आम्दानी गर्ने उनीहरु यसपालि लगानी पनि नउठ्नेमा चिन्तित छन् । लक डाउनले न बजार खुल्ने सम्भावना छ, न त उनीहरुको बारीमा व्यापारी नै पुग्ने अवस्था छ ।

शिवसताक्षी नगरपालिका ५ र ६ नम्बर वडाका दर्जनौँ कृषकले कनकाई नदीको किनारमा काँक्रा र खरबुजा खेती गर्दै आएका छन् । नदी आसपासको जमिन भएकाले उनीहरुले स्थानीय त्रिभुवन माविलाई ठेक्काबापत प्रतिबिघा १० हजारका दरले रकम बुझाउँछन् । करिब २ सय बिघा जमिनमा कृषकले लगाएर काँक्रा र खरबुजा लक डाउनका कारण बारीमै कुहिन थालेपछि उनीहरु चिन्तित छन् ।

स्थानीय जनप्रतिनिधि पनि ठुलो परिमाणमा उत्पादन गर्ने कृषकलाई समस्या भएको बताउँछन् । लक डाउन सुरुवातका दिनहरुमा कृषकका उत्पादन अन्यत्र लैजान समस्या भए पनि अहिले त्यो अवस्था नरहेको शिवसताक्षी–६ का वडाध्यक्ष मनोज कार्कीले बताए । स्थानीय बजारसम्म पु¥याउन सहयोग गरिरहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer