२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

भारतीय फलफूलको खुलमखुला बिक्री


बिर्तामोडको अतिथि सदनको उत्तर सहायक मार्गमा बुधबार दिउँसो ठेलामा फलफूल बिक्री गरिँदै ।

बिर्तामोड, बैशाख ३ । सीमावर्ती बजारमा मात्रै होइन बिर्तामोड, सुरुङ्गा, दमकमा समत यतिबेला पर्याप्त फलफूल किन्न पाइन्छ । नेपालमा लक डाउन सुरु भएको २३ दिन भइसक्दा पनि भारतबाट आउने फलफूलको कमि छैन ।

सीमा क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति भए पनि भारतबाट लुकीछिपी फलफूल र तरकारी आयात भइरहेको बताइएको छ । सहायक बाटो र गौँडाबाट साइकलमार्फत फलफूल नेपाल प्रवेश भइरहेको छ । झापाका बजारमा अहिले पनि भारतीय फलफूल स्याउ, अंगुर, सुन्तला, अनार पर्याप्त पाइन्छ । बजारका भित्री भागमा ठेलामा राखेर भारतीय फलफूलको बिक्री भइरहेको छ ।

नेपालमै चिस्यान केन्द्रमा रहेको फलफूल आफूहरुले बेच्ने गरेको व्यापारीको भनाइ छ । तर, तीन साताभन्दा बढी समयसम्म फलफूल भण्डारण सम्भव नभएको बताइन्छ । फलफूल कहाँबाट आएर बिक्री भइरहेको छ भन्नेबारे प्रहरी जानकार भए आयातमा प्रतिबन्ध लगाउनेतर्फ कदम चालिएको छैन । बजारमा खुलमखुला फलफूल बिक्री भइरहेको छ ।

बिर्तामोडको अतिथि सदनको उत्तर सहायक मार्गमा बुधबार दिउँसो ठेलामा फलफूल बिक्री गरिँदै ।

यसैबीच, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले छिमेकी मुलुक भारतबाट फलफूल तथा तरकारीको आयातमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने बताएकी छन् । बुधबार झापाटुडेसँग कुरा गर्दै झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य खरेलले भारतीय फलफूल तथा तरकारीका कारण कोरोना भाइरसको जोखिम उच्च रहेको बताइन् ।

सांसद खरेलले यसले जोखिम निम्याउने भएकाले पूर्ण रुपमा रोक्नुपर्ने जिकिर गरिन् । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको र प्रहरी अझ चनाखो हुनुपर्ने उनको धारणा छ । उनले नागरिक स्तरबाट निगरानी जरुरी रहेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer