२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाका कारण मृत्यु हुने एक लाख ३५ हजारनजिक


संक्रमितको संख्या २० लाख ८२ हजार नाघ्यो

-हिमाल खरेल
बिर्तामोड, बैशाख ४ । चीनको वुहान सहरबाट विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर १ लाख ३४ हजार ५४० जनाको मृत्यु भइसकेको छ ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार २० लाख ८२ हजार २९६ जना कोरोना संक्रमित पुगेका छन् । विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ८४ हजार ३९३ जनामा देखिएको छ भने ७ हजार ९३९ जनाको निधन भएको छ ।

नेपालमा संक्रमितको संख्या १६ पुगेको छ भने एकजना निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म ६ हजार २९९ जनाको कोरोना संक्रमणको परीक्षण गरिएको छ ।
संक्रमितमध्ये ६ लाख ४४ हजार ४६८ जनाको केस बन्द गरिएको छ । अर्थात, ५ लाख ९ हजार ९२८ जना उपचारपछि घर फर्किएका छन् भने बाँकी १ लाख ३४ हजार ५४० जनाको निधन भएको हो ।

सफल उपचार र निधन भएकाबाहेक १४ लाख ३७ हजार ८२८ जनामध्ये चार प्रतिशत अर्थात ५१ हजार १६० जनाको अवस्था दयनीय छ । बाँकी १३ लाख ८६ हजार ६६८ जनाको उपचार र अवस्था स्थीर छ ।

संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या २८ हजार ५२६ जना पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र २ हजार ४७९ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ३० हजार १७८ जना नयाँ संक्रमित फेला परेका छन् । संसारभर मृत्युको झन्डै एक चौथाइ संक्रमित अमेरिकामा छन् । अमेरिकामा करिब १३ हजार ४८७ जना मानिस अझै गम्भीर अवस्थामा छन् ।

त्यस्तै, अमेरिकापछि धेरैका मृत्यु इटलीमा भएको छ । इटलीमा २१ हजार ६४५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, स्पेनमा १८ हजार ८१२, फ्रान्समा १७ हजार १६७, बेलायतमा १२ हजार ८६८, इरानमा ४ हजार ७७७, बेल्जियममा ४ हजार ४४०, जर्मनीमा ३ हजार ८०४, नेदरल्यान्ड्समा ३ हजार १३४, ब्राजिलमा १ हजार ७५७, टर्कीमा १ हजार ५१८ र स्विटजरल्यान्डमा १ हजार २३९ जनाको मृत्यु भइसकेको छ ।

चीनमा ३ हजार ३४२ जनाको निधन भएको छ । पछिल्लो २४ घण्टामा चीनमा मृत्यु भएको छैन भने नयाँ संक्रमित ४६ जना फेला परेका छन् । तर, दक्षिणी छिमेकी मुलुक भारतमा संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । अहिलेसम्म त्यहाँ ४०५ जना संक्रमितको मृत्यु भएको छ । १२ हजार ३२२ जना संक्रमित पहिचान भएको छ । पछिल्लो २४ घण्टामा भारतमा १२ जनाको मृत्यु भएको छ भने ८३५ज ना नयाँ संक्रमित फेला परेका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा ६ लाख ४४ हजार ६१ जना संक्रमित पुगेका छन् । त्यसपछि स्पेनमा १ लाख ८० हजार ६५९, इटलीमा १ लाख ६५ हजार १५५, फ्रान्समा १ लाख ४७ हजार ८६३, जर्मनीमा १ लाख ३४ हजार ७५३, बेलायतमा ९८ हजार ४७६, चीनमा ८२ हजार २९५, इरानमा ७६ हजार ३८९ र टर्कीमा ६९ हजार ३९२ जना संक्रमित पुगेका छन् । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer