२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पूर्वी सीमामा थपिए प्रहरी र पोस्ट


झापा गाउँपालिका ४ स्थित सुकुमबासीबस्तीको दसगजा क्षेत्रमा तैथान प्रहरी । तस्वीर : झापाटुडे

बिर्तामोड, बैशाख ६ । खुला सीमाका कारण भारतबाट मानिसहरु लुकीछिपी आउने क्रम नरोकिएपछि पूर्वका चार जिल्लाका सीमा क्षेत्रमा शनिबारदेखि सुरक्षा व्यवस्था अझ मजबुद बनाइएको छ ।

भारतसँग सीमाना जोडिएका प्रदेश १ का झापा, इलाम, सुनसरी र मोरङ जिल्लामा थप कडाइ गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रदेश १ बाहिनीका प्रहरी नायव महानिरीक्षक नगेन्द्र थापाले जानकारी दिए । यी जिल्लाका सीमा नाकामा सुरक्षाकर्मीको संख्या बढाइएको छ । ३ हजार ७०० सशस्त्र प्रहरी र १ हजार १०० नेपाल प्रहरी परिचालन भएका छन् ।

भारतको बिहार र पश्चिम बंगाल राज्यसँग सीमाना जोडिएको प्रदेश १ का जिल्ला इलाम, झापा मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कुल ३०८ वटा नयाँ पोस्ट थपिएको छ । ती पोस्टमा ७ जनाको दरले सशस्त्र प्रहरी रहनेछन् । शुक्रबार उदयपुरमा बसेका ११ जना भारतीयसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सीमा नाकामा सुरक्षाकर्मीको परिचालन बढाइएको हो ।

सबैभन्दा बढी झापाको सीमा क्षेत्रमा ११४, सुनसरीमा ६९, मोरङमा ७१ र इलाममा १४ वटा नयाँ पोस्ट थपिएको छ । भारतसँग झापा, मोरङ र सुनसरीको दुई सय ७० किलोमिटर र इलामको ५२ किलोमिटर सीमा क्षेत्र रहेको छ । सशस्त्र प्रहरीले दसगजा क्षेत्रमा अहिले चौबिसै घण्टा गाडी, मोटरसाइकल, साइकल र पैदल गस्ती गरिरहेको जनाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीमा क्षेत्रमा नै केन्द्रित गर्दै आएको थियो । दसगजा क्षेत्रमा अस्थायी चोकपोस्ट बनाएर २४ घण्टा प्रहरी सुरक्षा तैनाथी बढाइएको छ । शनिबारदेखि प्रदेशको मुख्य चार जिल्ला इलाम, झापा, मोरङ र सुनसरीमा थप ५०० सशस्त्र प्रहरी परिचालन गरिएको छ । लक डाउनपछि ३ हजार २०० सशस्त्र प्रहरी परिचालन भएका थिए ।

कुल २२९ स्थानमा सुरक्षा पोस्ट खडा गरी सुरक्षा तैनाथी बढाएको प्रदेश एक प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एव प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । सीमा क्षेत्रको सुरक्षा निगरानी र नियन्त्रणका लागि १८ जना प्रहरी निरीक्षकको नेतृत्वमा नेपाल प्रहरी परिचालन गरिएको उनले बताए ।

लक डाउनपछि दसगजा क्षेत्रको एक किलोमिटर दूरीमा रहेको सुरक्षा पोस्ट शनिबारदेखि पाँच सय मिटरको दुरीमा खडा गरिएको छ । अहिले सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गरी प्रत्येक पाँच सय मिटरमा सुरक्षा पोस्ट राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer