२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

लक डाउनमा इस्ट होराइजनको अनलाइन नृत्य प्रतियोगिता


बिर्तामोड, बैशाख ६ । लक डाउनमा विद्यार्थीलाई पुनर्ताजगी बनाउन झापा धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविले अनलाइन नृत्य प्रतियोगिता आयोजना गरेको छ ।

लक डाउन सुरु भएपछि विद्यालयहरु पनि विदा गरिएका छन् । विद्यार्थी फुर्सदिला भएका छन् । यो समयलाई सदुपयोग गर्दै विद्यार्थीलाई फ्रेस बनाउन प्रतियोगिता आयोजना गरिएको शिक्षक महेश खड्काले जानकारी दिए । प्रतियोगितामा समावेश हुनका लागि लक डाउन सुरु भएपछि घरभित्रै, छत वा प्यासेजमा खिचिएको कम्तिमा १ मिनेट लामो भिडियो पठाउनु पर्नेछ ।

लक डाउन सकिएको पाँच दिनपछि प्रतियोगिताको नतिजा प्रकाशन हुने विद्यालयले जनाएको छ । नृत्यको भिडियोलाई निर्णायकको ४० प्रतिशत भोट रहनेछ । त्यस्तै, ६० प्रतिशत निर्णय कतिपटक भिडियो हेरियो र सेयर भयो भन्नेमा भर पर्नेछ । झापा जिल्लास्तरीय सो प्रतियागितामा नर्सरीदेखि कक्षा ९ सम्म अध्ययनरत तथा एसइइको तयारीमा रहेका विद्यार्थी सहभागी हुन पाउने खड्काले बताए ।

प्रतियोगितामा प्रथम हुनेले शतप्रतिशत छात्रवृत्ति, दोस्रो हुनेले ५० प्रतिशत छात्रवृत्ति र तेस्रो हुनेले २५ प्रतिशत छात्रवृत्ति पाउनेछन् । उत्कृष्ट १० भित्र पर्नेलाई कभर गीतको भिडियोको नृत्यमा समावेश गरिने विद्यालयले जनाएको छ ।

नृत्यको भिडियो विद्यालयको इमेल ठेगाना [email protected]  मा पठाउनु पर्नेछ । साथै, ९८०४९३०७५३ नम्बरको भाइबर वा ह्वाट्स अपमार्फत पनि भिडियो पठाउन सकिनेछ । क्यामेरालाई तेर्सो बनाएर भिडियो खिच्नुपर्ने तथा नेपाली गीतलाई मात्र मान्यता दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer