२०८३ बैशाख २६ शनिबार
Jhapa Today
Adv top

टि–१० क्रिकेटः ह्वाइट वास, आयोजक पूर्वेली, मन्त्र थकाली र आरसिबी विजयी


बिर्तामोड, बैशाख २६ । झापाको बिर्तामोडमा जारी बिर्तामोड मेयर कप टि–१० क्रिकेट प्रतियोगिताअन्तर्गत आज पाँचवटा खेल भएका छन् । जसअन्तर्गत ह्वाइट वास, आयोजक पूर्वेली युवा क्लब, मन्त्र थकाली, आरसिबी विजयी विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा ह्वाइट वासले बाह्रदशी गाउँपालिकालाई, आयोजक पूर्वेली युवा क्लबले दुधे क्रिकेट टिमलाई, मन्त्र थकालीले बिएन्डसी रोयललाई, पूर्वेलीले झापा गाउँपालिकालाई र आरसिबीले मेची क्रिकेट कर्नरलाई हराएको हो । पूर्वेलीले आज दुई खेल खेलेको थियो ।

महेन्द्ररत्न माध्यमिक विद्यालयको खेल मैदानमा जारी प्रतियोगिताको आयोजक पूर्वेली गणतान्त्रिक युवा क्लब रहेको छ । अध्यक्ष दिपेन चौधरीका प्रतियोगितामा जम्मा १६ वटा टिमको सहभागिता रहेको छ ।

फाइनल खेल बैशाख २८ गते हुने तय गरिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार युवा व्यवसायी लेलिस ओडारी र दोस्रो पुरस्कार निर्मल भट्टराईले प्रायोजन गरेका छन् ।

खेल संयोजक चन्द्र भट्टराईका अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई एक हजार रुपैयाँ प्रदान गरिनेछ ।

फाइनल खेलमा उत्कृष्ट फिल्डर, बलर, विकेटकिपर र ब्याटरलाई जनही २ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । प्लेयर अफ द सिरिजलाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिताको कुल अनुमानित खर्च ४ लाख ३ हजार रुपैयाँ रहेको छ । प्रतियोगिताका लागि बिर्तामोड नगरपालिकाले २ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

Adv footer