२०८२ जेठ २४ शनिबार
Jhapa Today
Adv top

‘एकका लागि एक’ अभियान : बिर्तामोड ५ मा वितरण


बिर्तामोड, बैशाख २४ । ‘एकका लागि एक’ अभियानअन्तर्गत बुधबार बिर्तामोड वडा नम्बर ५ मा खाद्य सामग्री वितरण गरिएको छ ।

सहारा नेपालको अगुवाईमा सुरु भएको अभियानले वडाका ५० परिवारलाई देवी माविमा आयोजित एक कार्यक्रमका बीच खाद्य सामग्री वितरण गरेको सहारा नेपालका सहायक वरिष्ठ प्रबन्धक घनश्याम रायले जानकारी दिए ।
बैशाख १९ गते सहाराको केन्द्रीय कार्यालयमा औपचारिक उद्घाटन भएको अभियानले लक डाउनमा कुनै पनि विपन्न परिवार भोकै बस्नु नपरोस् भनेर सहयोग जुटाएर खाद्य सामग्री वितरण गरिरहेको छ ।
अभियानको साझेदार संस्था बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको ‘एकका लागि एक’ को प्याकेज हस्तान्तरण कार्यक्रममा अभियानका सदस्य मिजास पोखरेलले अभियानका बारेमा प्रकाश पारेका थिए ।

अभियनले ५० परिवारलाई राहत प्रदान गरिएको थियो । राहतमा २५ केजी चामल, २ केजी दाल, २ केजी नुन, २ लिटर तेल, हात धुने साबुन र नुहाउने साबुन रहेको छ । राहत प्रदानअघि वडा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले यस्तो असजिलो परिस्थितिमा वडा नम्बर ५ मा आएर सेवाको भावना बढाइदिएको हुँदा सबैको मन, मनमा सहारा बस्न सकोस् भनी शुभकामना दिएका थिए ।

सहारा नेपालले ‘एकका लागि एक’ अभियानअन्तर्गत झापामा कम्तिमा २ हजार अतिविपन्न परिवारलाई राहत दिने योजना बनाएको छ । अभियानलाई झापाका १५ वटा सामाजिक संस्थाले साथ दिएका छन् ।

अभियानले सरकारको कुनै पनि सामाजिक भत्ता नलिएका परिवार (ज्येष्ठ नागरिक, एकल महिला, अल्पसंख्यक, अपाङ्गता, दलित, पिछडा आदि), कुनै प्रकारको पेन्सन नपाएको परिवार, परिवारको सदस्य जागिरे नभएको, घर नभएको, भए खेतीपाती नगरेको, तेस्रो मुलुकमा वैदेशिक रोजगरीमा कोही पनि नभएको परिवारलाई मात्र खाद्यान्न सहयोग गर्ने लक्ष्य लिएको छ ।

Adv footer