२०८१ बैशाख ४ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बुद्धशान्तिमा पहिरोले पुर्दा एकजनाको मृत्यु


बिर्तामोड, साउन ७ । झापाको बुद्धशान्ति ७ मोदीडाँडामा मंगलबार राति पहिरोले घर पुर्दा एकजनाको ज्यान गएको छ । तीनजना सामान्य घाइते भएका छन् ।

गए राति करिब १०ः३० बजेतिर बुद्धशान्ति ७ का तेजकुमार बराइलीको घर पहिरोले पुर्दा मामाघर पाउना आएका मेचीनगर ९ मागुरमाडीका १५ वर्षीय विवेक दर्नालको ज्यान गएको वडाध्यक्ष मातृका पौडेलले जानकारी दिए । उनी एक साताअघि मामाघर आएका थिए ।

उनको शव पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । पहिरो खस्दा सो घरमा सातजना रहेका थिए ।

पहिरोको कारण सोही ठाउँका थप दुई घर जोखिममा रहेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer