२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

झापाको पिसिआर ल्याब साउन १० मा तयार हुने


बिर्तामोड, साउन ७ । सरकार, सहकारी र समुदायको सहकार्यमा स्थापना गर्न लागिएको पिसिआर ल्याब यही साउन १० गतेबाट सञ्चालनमा आउने तयारी थालिएको छ ।

एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा सञ्चालनमा आउने ल्याब प्रदेश सरकारको मातहतमा रहनेछ । पिसिआर मेसिन तथा ल्याबका लागि आवश्यक अन्य उपकरणका खरिद प्रक्रिया पूरा भएर सामान आइसकको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

ल्याब स्थापना हुने समर्पण भवनमा आवश्यक संरचना निर्माण, घेराबारा, वायरिङ, एसीलगायत उपकरण राख्ने टेबल जडान कार्य आज सकिनेछ । ल्याबका लागि आवश्यक पिसिआर मेसिन, वायोसफ्टी क्याबिनेट, माइनस ८० डिग्रीका फ्रिज, सेन्ट्रिफुगल, आवश्यक किट तथा अन्य सामग्री समर्पण भवनमा आइसकेको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए ।

अन्नपूर्ण न्युरो अस्पताल तथा रिसर्च सेन्टरका मेडिकल माइक्रो वायलोजिस्ट तथा अनुसन्धान अधिकृत अनिलकुमार साहको नेतृत्वमा आएको प्राविधिक विज्ञ टोलीले ल्याब जडान गर्नेछ । ल्याब जडानको काम ल्याब रुमको वायरिङ सकिएपछि भोलि साउन ८ गतेबाट सुरु गरेर तीन दिनमा सकिने साहले बताए ।

यसैबीच, कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले ल्याब स्थापनापछि सञ्चालनमा नगरपालिकाले व्यवस्थापकीय जिम्मेवारी लिने बताइसकेका छन् । उनले त्यसका लागि नगरले २५ लाख रुपैयाँ विनियोजन गरेको र थप आइपरे तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, ४० वटा देशमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली समाज र झापा जिल्ला सहकारी संघको समन्वयमा २५–२५ लाख हजार रुपैयाँ प्रदान गरेका छन् भने विभिन्न वित्तीय संस्था तथा व्यक्तिगत र संस्थागत रुपमा सामाजिक संघसंस्थाले रकम सहयोग गरिरहेका छन् । ल्याब स्थापनाका लागि अभियानले १ करोड २० लाख रुपैयाँ संकलन गरिसकेको छ ।

प्रदेश १ मा संकलन भइरहेको ¥यालको नमुना संख्याको तुलनामा ल्याबको अभाव छ । प्रदेश १ को सबैभन्दा बढी कोरोना संक्रमित जिल्ला झापा हो । अब झापासहित इलाम, पाँचथर, ताप्लेजुङ र पूर्वोत्तर मोरङबाट संकलित नमुना परीक्षणमा सहज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer