२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

शिभांसु स्मृति प्रतिष्ठानद्वारा २१७ जना विद्यार्थीलाई सहयोग


झापा, पुस २५ । अपांग तथा विपन्न बालबालिकालाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले स्थापित शिभांसु स्मृति प्रतिष्ठानले पछाडिएका तथा विपन्न समुदायका बालबालिकालाई शैक्षिक सामग्री र स्विटर वितरण गरेको छ ।

झापा गाउँपालिका वडा नम्बर ७ मा रहेको जनकल्याण माविमा अध्ययनरत २१७ जना विद्यार्थीलाई शनिबार एक कार्यक्रमबीच ती सामग्री वितरण गरिएको हो ।

१० महिनाकै उमेरमा निधन भएका शिभांसु बिमलीको परिवारले १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरी सहयोग वितरण गर्दै आएको प्रतिष्ठानका सदस्य केशवप्रसाद ओझाले जानकारी दिए ।

जनकल्याण माविमा अधिकांश विद्यार्थी सन्थाल, आदिवासी, दलित तथा मुस्लिम समुदायका अध्ययन गर्छन् । यसअघि पाँचपटक कनकाईको हिमाली माविमा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीलाई सहयोग वितरण गरिँदै आएकोमा योपटक शिभांसुको छैठौँ स्मृति तिथिको दिन जनकल्याणका विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री र स्विटर प्रदान गरिएको ओझाले बताए ।

शिभांसुका जेठा हजुरबुवा यमनाथ बिमलीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य लोकबहादुर बस्नेत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनाथ लम्साल, प्रतिष्ठानका सदस्यहरु कमला पराजुली, शिव पराजुली, राम पराजुलीलगायतले सामग्री वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer