२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

सावित्राको एक दर्जन गोल, एपिएफ २२-० ले विजयी


काठमाडौँ, माघ १९ । फरवार्ड सावित्रा भण्डारीको १२ गोल मद्दतमा विभागीय नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा चौदन्डीगढी नगरपालिका उदयपुरमाथि २२–० को फराकिलो जित निकालेको छ ।

एपिएफको जितमा सावित्राले १२ गोल गरेको खेलमा कप्तान अनु लामाले ५, अनिता बस्नेतले ह्याट्रिक, सरु लिम्बु र रेनुका नगरकोटीले समान १ गोल गरेका थिए । एक पक्षीय बनेको खेलमा एपिएफले पहिलो हाफमा नै १२–० को फराकिलो अग्रत लिदा दोस्रो हाफमा १० गोल गरेको थियो ।

जारी लिगमा अहिलेसम्मकै सर्वाधिक गोल हो । पाँचौँ मिनेटमा सावित्राले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन् । नवौँ मिनेटमा अनिताले गोल गर्दा एपीएफ २–० ले अघि रह्यो । खेलको ११ औँ मिनेटमा अनुले गोल गर्दा एपिएफको अग्रता तेब्बर बन्यो । १४ औँ मिनेटमा अनुले व्यक्तिगत दोस्रो गोल गर्दा एपिएफ ४–० ले गाही रह्यो ।

सरुले खेलको १८ औँ मिनेटमा गोल गर्दा एपिएफ ५–० ले अघि रह्यो । २० औँ मिनेट अनुले ह्याट्रिक पूरा गर्दा एपिएफ ६–० ले अघि रह्यो । खेलको २६ औँ मिनेटमा अनुले व्यक्तिगत चौथो गोल गरेपछि एपिएफले ७–० को अग्रता बनायो ।

मिडफिल्डर रेनुकाले ३१ औँ मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाट गोल गर्दै एपिएफलाई ८–० को अग्रता दिलाइन् । प्रिती राईको पासमा सावित्राले ३२ औँ मिनेटमा गोल गर्दा एपिएफ ९–० ले अघि रह्यो । खेलको ३३ औँ मिनेटमा सावित्राले ह्याट्रिक पूरा गर्दा एपिएफले १०–० को अग्रता बनायो ।

३४ औँ मिनेटमा सावित्राले व्यक्तिगत चौथो गोल गर्दा एपिएफ ११–० र ३८ औँ मिनेटमा सावित्राले व्यक्तिगत पाँचाँै गोल गरेपछि पहिलो हाफमा एपिएफले १२–० को अग्रता बनायो । राष्ट्रिय टिमका खेलाडीले भरिएको एपिएफले दोस्रो हाफमा पनि गोल वर्षालाई निरन्तरता दियो ।

खेलको ४७ औँ मिनेटमा सावित्राले छैटौँ गोल गर्दै एपिएफलाई १३–० को अग्रता दिलाइन् । खेलको ५० औँ मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दा एपिएफ १४–० ले अघि रह्यो ।

खेलको ५५ औँ मिनेटमा सावित्राले सातौँ गोल गरिन् । र, एपिएफको अग्रता १५–० को बन्यो । त्यस्तै, ६२ औँ र ६३ औँ मिनेटमा सावित्राले गोल गर्दा एपिएफ १७–० को पुग्यो । ६५ औँ मिनेटमा अनुले व्यक्तिगत पाँचाँै गोल गर्दा एपिएफले १८–० को अग्रता बनायो ।

खेलको ६७ औँ मिनेटमा अनिताले ह्याट्रिक पूरा गर्दै एपिएफलाई १९–० को अग्रता दिलाइन् । ७२ औँ मिनेटमा सावित्राले व्यक्तिगत १० औँ गोल पूरा गर्दा एपिएफले २०–० को अग्रता बनायो ।
खेलको ७९ औँ मिनेटमा सावित्राले व्यक्तिगत ११ औँ गोल गर्दा एपिएफ २१–० ले अघि रह्यो ।

सपछि खेलको इन्जुरी समयमा सावित्राले व्यक्तिगत १२ औँ गोल पूरा गर्दा एपिएफले २२–० को जित निकाल्यो ।

यससँगै एपिएफले लिगमा लगातार छैटौँ जित निकालेको छ । एपिएफले ६ खेलमा १८ अंक जोडेको छ । एपिएफ शीर्ष स्थानमा यथावत रहेको छ । चौदण्डीको यो लगातार छैटौँ हार हो । अंकविहीन रहेको चौदण्डी पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer