२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

जेसी अफ द मन्थ जनवरीको अवार्ड खतिवडालाई


बिर्तामोड, माघ २७ । वीरता जेसीजले टिकाराम खतिवडालाई जेसी अफ द मन्थअन्तर्गत जनवरी महिनाको अवार्ड प्रदान गरेको छ । उनी संस्थाका संयुक्त सचिव हुन् ।

वीरता जेसीजको सचिवालयमा आयोजित प्रथम बोर्ड बैठकमा वीरता जेसीजका अध्यक्ष राजीव धिमाल र निवर्तमान अध्यक्ष मिजास पोखरेलले संयुक्त सचिव खतिवडालाई जेसी अफ द मन्थ जनवरीको अवार्ड प्रदान गरेका हुन् ।

वीरता जेसीजको वर्तमान नेतृत्वले कार्यभार सम्हालेपछि हरेक महिना नयाँ सोच र उत्कृष्ट कार्य गर्ने एकजनालाई जेसी अफ द मन्थको अवार्ड प्रदान गर्न सुरु गरेको वीरता जेसीजका अध्यक्ष धिमालले बताए ।

उत्कृष्ट कार्यको कदर गर्दै उत्कृष्ट कार्य गर्न अरुलाई पनि प्रेरित गर्ने उद्देश्यले वीरता जेसीजले सन् २०१८ देखि जेसी अफ द मन्थको अवार्ड प्रदान गर्ने कार्यको थालनी गरिएको र यस वर्ष पनि यस कार्यलाई निरन्तरता दिइएको उनले बताए ।

कार्यक्रमको सहजीकरण वीरता जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठले गरेका थिए । नयाँ कार्यसमिति विभिन्न सामाजिक गतिविधि पनि गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer