२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

तीन दिने नेतृत्व विकास तालिम सुरु


बिर्तामोड, माघ २९ । नारी संकल्प संस्थाको आयोजनामा आजबाट तीन दिने नेतृत्व विकास तालिम सुरु भएको छ ।

महिलाहरुको क्षमता अभिवृद्धि, सीप तथा नेतृत्व विकासका क्षेत्रमा काम गर्दै आएको संस्थाले बिर्तामोड वडा नम्बर ४ को सहयोगमा तालिम सुरु गरेको हो । वडा अध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आथित्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका महिलाको सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक शीला ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संग्रौला, वडा सदस्य कविता थापा, संस्थाकी अध्यक्ष तुलसा मैनाली, सञ्जीव चापागाईं, सञ्चारकर्मी केशव भट्टराईलगायतले तालिम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

दिपा भण्डारीले स्वागत गरेको कार्यक्रमको औचित्यबारे आशा बानियाँले प्रकाश पारेकी थिइन् । कार्यक्रमको सहजीकरण संस्थाकी सचिव हिमा प्रसाईंले गरेकी थिइन् । तालिममा ६० जना महिलाको सहभागिता रहेको छ । सहभागीलाई सञ्चारकर्मी स्वस्तिका आचार्यले प्रशिक्षण दिने छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer