
बिर्तामोड, फागुन ३ । तयारी चाउचाउको क्षेत्रमा अब्बल चौधरी ग्रुपले अकबरे खोर्सानीको स्वादमा ‘वाई वाई अकबरे’ सार्वजनिक गरेको छ । कम्पनीले होलसेलर समिट–२०७७ आयोजना गरेर नयाँ चाउचाउ सार्वजनिक गरेको हो ।
कम्पनीले सामबार एक कार्यक्रमबीच झापाको बिर्तामोडमा वाई वाई अकबरे सार्वजनिक गरेको हो । नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपले उपभोक्ताको मागलाई ध्यानमा राखेर नयाँ स्वादमा चाउचाउ उत्पादन गरेको जनाएको छ । नयाँ चाउचाउले बजारमा छुट्टै पहिचान बनाउने कम्पनीको विश्वास रहेको सिनियर जेनेरल मेनेजर विश्वास राईले बताए ।
नेपाल, भारत, सर्बिया, काजकस्तान र इजिप्ट लगायतका देशमा उद्योग रहेको चौधरी ग्रुपका उत्पादन विश्वका ४० देशमा निर्यात भइरहेका छन् । चौधरी ग्रुपका १६० वटा कम्पनी र त्यसमा १५ हजार कर्मचारी कार्यरत रहेको राईले बताए ।
चौधरी ग्रुपका प्रदेश प्रमुख रामजी कटवालका अनुसार वाई वाई अकबरे बजारमा २५ रुपैयाँमा उपलब्ध हुनेछ । बजारमा विभिन्न कम्पनीले अकबरेको स्वादमा चाउचाउ उत्पादन गरेर बिक्री गरिरहेका छन् ।
बजारमा पाइने चाउचाउको स्वाद अध्ययन गर्दा वास्तविक अकबरेको स्वाद भएको चाउचाउ नपाइएको हुँदा कम्पनीले नेपाली स्वादको अकबरे चाउचाउ उत्पादन गरेर ल्याएको दाबी गरेको छ । यो चाउचाउमा उपभोक्ताको आकर्षण रहनेमा कम्पनी विश्वस्त रहेको कटवालले बताए ।