२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

व्यवसाय र समाजसेवामा अग्रसर थपलिया


बिर्तामोड, फागुन १० । आर्थिक व्यवस्थापनमा अनुभवी रहेका बिर्तामोडका युवा व्यवसायी दुर्गाप्रसाद थपलिया सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । दर्जनौँ संघसंस्थामा आवद्ध रहेका उनी खासगरी व्यवसायीका हकहित र समस्यामा अग्रमोर्चामा रहने गरेका छन् ।

बिर्तामोडको मेगा कम्प्लेक्स व्यवसायी संघको अध्यक्षको भूमिकामा रहेर उनी करिब दुई सय व्यवसायीको सुखदुःखको सारथि बनिसकेका छन् । व्यवसायीका कानुनी झन्झट तथा अन्य समस्या समाधान गर्न थपलिया सिपालु र अनुभवी छन् । २६ वर्षदेखि कपडाको थोक व्यवसाय गर्दै आएका उनीसँग नेपालबाहेक अन्य देशमा हुने कारोबारको पनि अनुभव छ ।

चीन, थाइल्यान्ड र इन्डोनेसियाबाट कपडा आयात गर्ने उनी बिर्तामोडका पुराना सफल व्यवसायी हुन् । व्यापारको अवस्था र भइरहेको प्रगतिबारे बुझ्न उनी युरोपसम्म पुगेका छन् । युरोपका १३ वटा देशमा उनले त्यहाँ भइरहेको व्यापार र कारोबारका बारेमा गहन अध्ययन गरेका छन् ।

संस्थाको कोषलाई कसरी बृद्धि गर्ने र खर्च मितव्ययी गर्ने भन्नेबारे उनीसँग राम्रो अनुभव छ । थपलिया वंश समाजको १ नम्बर प्रदेश कोषाध्यक्ष भएपछि उनले संस्थाको कोष बृद्धि मात्र गरेनन् आगामी दिनमा संस्थागत विकासका लागि योजनाहरु बनाएका छन् ।

लायन्स क्लब र अन्य सामाजिक संस्थामार्फत समाजसेवामा सक्रिय रहेका थपलिया सनलाइट इन्भेस्टमेन्ट कम्पनीका सञ्चालक हुन् । विपन्न समुदायलाई खाद्यान्न वितरण होस् या विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री, न्यानो कपडा वितरण, उनी अग्रसर हुन्छन् । हालसम्म उनले यस्ता सयौँ विपन्न परिवारको विपदमा साथ दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer