२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा निसान मोटर्सको बि–एसयुभी म्याग्नाइटको बिक्री सुरु


बिर्तामोड, फागुन ११ । झापाको बिर्तामोडमा निसान मोटर्सको बहुप्रतीक्षित बि–एसयुभी म्याग्नाइट गाडीको बिक्री सुरु भएको छ ।

बिर्तामोडको भद्रपुर रोडस्थित बिजुली अफिसअगाडि रहेको निसान मोटरका लागि आधिकारिक बिक्रेता निसान सोरुमबाट म्याग्नाइट गाडीको मंगलबारबाट बिक्री सुरु भएको हो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले गाडी अनावरण गरेका थिए ।

अनलाइनमार्फत विश्वव्यापी रूपमा गाडीको बुकिङ गर्न सकिने बताउँदै निसान मोटर्सका लागि आधिकारिक बिक्रेता निसान मोटर्स बिर्तामोडका सञ्चालक रौनक वंशलले सोमबार काठमाडौँमा पहिलोपटक म्याग्नाइट गाडीको सार्वजनिक गरिएको र झापामा पनि उत्कृष्ट फिचरका गाडीहरु आइसकेको बताएका छन् ।

निशान नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निसान म्याग्नाइट लञ्च गर्ने पूर्वतयारी सुरू गरेको छ । यो ‘बिग, बोल्ड, ब्युटिफुल’ एसयुभीमा स्पोर्टी लुक्ससहित एलइडी हेडल्याम्प, एलइडी डिआरएल, फ्लोटिङ रूफ, ड्युअल टोन बडी पेन्ट, ड्युअल टोन रियर बम्पर जस्ता विशेषता रहेका निसानका बिर्तामोड प्रतिनिधि तेज पौडेलले बताए ।

निसान म्याग्नाइट १.० लिटर पेट्रोल इन्जिनको दुइवटा भेरियन्टमा उपलब्ध हुनेछ । यीमध्ये एउटामा नेचुरल्ली एस्पिरेटेड इन्जिन र अर्काेमा टर्बाेचाज्र्ड इन्जिन हुनेछ ।

यस कारमा ८ इञ्चफुल फ्लस टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्च टिएफटी ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरालगायत फिचर पनि छन् ।

विविध अत्याधुनिक विशेषता रहेको निसान म्याग्नाइट आफ्नो सेगमेन्टको ‘गेमचेन्जर’ बन्ने अपेक्षा कम्पनीले गरेको छ । निसान म्याग्नाइट गाडीको मूल्य २९ लाख ४९ हजार रुपैयाँबाट सुरु हुने निसानका बिर्तामोड सञ्चालक वंशालले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer