२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा व्यवसायीको चुनावः ८४.८ प्रतिशतद्वारा मतदान


बिर्तामोड, फागुन १६ । आज सम्पन्न बिर्तामोड वाणिज्य संघको निर्वाचनमा ८४ दशमलव ८ प्रतिशत मतदाताले मतदान गरेका छन् । अर्थात ३ हजार ८४९ मत खसेको छ । संघमा कुल मतदाता संख्या ४ हजार ५३९ रहेको थियो । ११ मत पूर्वअध्यक्षहरुको रहेको छ ।

बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ०५ः३५ बजेसम्म खसालिएको थियो । ५ बजेभित्र मतदानस्थल प्रवेश गर्नेहरुलाई मतदानमा सहभागी गराइएको थियो । निर्वाचन समितिले शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको जनाएको छ ।

निर्वाचन समितिले आज साँझबाट मतगणना सुरु गर्ने तयारी गरेको छ । मतपेटिकाहरु गणनास्थल संघअन्तर्गत रहेको अतिथि सदनमा ल्याइएको छ । कडा सुरक्षाबीच मतगणना हुने जनाइएको छ ।

मतदान र गणनालाई प्रविधिमैत्री बनाइएको छ । मतगणनास्थल अतिथि सदनमा पूर्ण सुरक्षासहित सिसी क्यामेराको निगरानीमा हुनेछ । मतगणनास्थलको गतिविधि हलबाहिर उपस्थित सबैले देख्न सक्ने गरी प्रोजेक्टरमार्फत डिस्प्ले गरिने बताइएको छ ।

निर्वाचनका लागि नेकपा र राप्रपाको संयुक्त तथा नेपाली कांग्रेसको लोकतान्त्रिक गठबन्धन गरी दुई प्यानल होमिएका छन् । निर्वाचनमा सुवास भट्टराई र प्रकाश शिवाकोटी नेतृत्वबीच प्रतिस्पर्धा हुनेछ । सुवास नेकपा–राप्रपा गठबन्धन र प्रकाश कांग्रेस समर्थित अध्यक्षका उम्मेदवार हुन् ।

सुवासको गठबन्धनबाट वरिष्ठ उपाध्यक्षमा नारायण चिमरिया, वाणिज्य उपाध्यक्ष रामकृष्ण अधिकारी, उद्योग उपाध्यक्षमा प्रकाश घिमिरे, महासचिवमा अर्जुन मैनाली, वाणिज्य सचिवमा धनबहादुर डाँगी, उद्योग सचिवमा कृष्ण पौडेल, कोषाध्यक्षमा दुर्गा थपलिया र सहकोषाध्यक्षमा रञ्जु प्याकुरेल उम्मेदवार छन् ।

त्यस्तै, खुला सदस्य पदमा विसन लिम्बू, गुञ्जन प्रसाईं, गारीशंकर गुप्ता (टिंकु) भगिरथ लुइँटेल, सूर्यकुमार खतिवडा र गोविन्द कार्की तथा महिला सदस्यमा रुचि शिवाकोटी र सोनी अग्रवाल उम्मेदवार छन् ।

त्यस्तै, लोकतान्त्रिकको तर्फबाट वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने, उद्योग उपाध्यक्षमा सञ्जीव घिमिरे, वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे (राजु) र महासचिव पदमा रविन्द्र भट्टराईले उम्मेदवार छन् ।

उद्योग सचिवमा कुशल खतिवडा, वाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा दिपेन्द्र राउत र सहकोषाध्यक्ष राधिका चुडाल छन् । महिला सदस्यमा तुलसा ढकाल तथा खुला सदस्यमा विशाल थापा, सन्नी गोयल, दिपक मित्तल, बलराम सिटौला (राम), मनोज शाह रौनियार र पुकार बराल उम्मेदावार छन् । जनक खड्का खुला सदस्यमा स्वतन्त्र उम्मेदवार छन् ।

जनसम्पर्क उपाध्यक्ष नैनकला भट्टराई निर्विरोध निर्वाचित भइसकेकी छन् । उनकी प्रतिस्पर्धी उम्मेदवार उर्मिला बिमली खरेलको उम्मेदवार रीत नपुगेपछि निर्वाचन समितिले खारेज गरेको थियो । त्यस्तै, महिला सदस्य तिलोत्तमा खत्री तथा खुला सदस्य विकास बस्नेत र उमेश शाहको उम्मेदवारी पनि खारेज भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer