२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

क्यान्सर उपचारका लागि अब विदेश जानु पर्दैन: दुर्गा प्रसाईं


बिर्तामोड, फागुन १८ । बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले अब कुनै पनि नेपालीले क्यान्सरको उपचारका लागि विदेश गइरहनु नपर्ने बताएका छन् ।

मंगलबार अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रसाईंले सो कुरा बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसमेतको उपस्थितिमा आयोजित उद्घाटन समारोहमा प्रसाईंले यस्तो बताएका हुन् ।

उनले आफू आर्थिक रुपमा सक्षम भएकाले विदेश गएर उपचार गर्न समर्थ भए पनि आम नेपालीमा यस्तो क्षमता नरहेको अनुभूत गरी क्यान्सर अस्पतालको निर्माण गरेको उनले बताए । हालसम्म ६०० करोड लगानी भइसकेको अस्पतालमा ३०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको उनले प्रस्ट पारेका छन् ।

आफ्नो नेतृत्वमा चलेका व्यवसायबाट वार्षिक करोडौँ रुपैयाँ राजस्व तिरेको अवगत गराउँदै प्रसाईंले आफूलाई विभिन्न शब्द प्रयोग गरी अपमान गर्नेहरुको जवाफमा मार्सी बियर, माफिया ह्विस्की र डन इनर्जी ड्रिंक उत्पादन गरेको बताए ।

पत्रकारिता नेगेटिभको पक्षमा लाग्न नहुने सुझाव दिँदै कार्यकारी निर्देशक प्रसाईंले मिसन जर्नालिजम नगर्न आम पत्रकारहरुलाई आह्वान पनि गरेका छन् । आफूले बुवा भन्दै आएका नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई चेतावनी दिँदै उनले पार्टीमा काजीहरु इन भएपछि बाबुराम, वैद्य, बादल, प्रभु शाह, विप्लवहरु आउट भएको कुरालाई नबिर्सिन आग्रह गर्दै आफू र सुवास नेम्वाङजस्ता शुभचिन्तकको मन राखिदिन आग्रह पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer