२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापा उद्योग संघको अध्यक्षमा श्रेष्ठ


भद्रपुर, फागुन २२ । झापा उद्योग संघको अध्यक्षमा यमबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार संघको कार्यालय भद्रपुरमा भएको निर्वाचनबाट श्रेष्ठसहित सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

यसअघि संघको वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ गणेश एग्रोका सञ्चालक हुन् । उनी लायन्स क्लब अफ भद्रपुरका पूर्वअध्यक्ष, नेपाल भारत मैत्री संघका उपाध्यक्ष हुन् ।

प्रमुख निर्वाचन अधिकृत गोपाल गिरीका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा शिवकुमार गुप्ता, उद्योग उपाध्यक्षमा दिपेश ढकाल, महासचिवमा दुर्गाप्रसाद भण्डारी, सचिवमा प्रदिपमणि रेग्मी र कोषध्यक्षमा प्रदिप सरावगी चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा चण्डीप्रसाद पराजुली, जयप्रकाश शर्मा, सुरेशकुमार अग्रवाल, विनोद बस्नेत, सञ्जयराज पोखरेल, आदित्य पराजुली, रमेश पराजुली, विनयकुमार गोयल र महेशकुमार चित्लांगिया निर्वाचित भएको निर्वाचन अधिकृत रोहित काफ्लेले जानकारी दिए ।

कृषि वन उपाध्यक्षमा भने उम्मेदवारी नपरेपछि रिक्त राखिएको छ । संघको विधानअनुसार एक महिलासहित तीनजा सदस्य नयाँ कार्यसमितिले मनोनित गर्नेछ ।

निर्वाचित पदाधिकारी तथा सदस्यलाई एक कार्यक्रमका बीच शनिबार नै निर्वाचन समितिले शपथ ग्रहण गराएको छ । कार्यक्रममा निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका अध्यक्ष टिकाराज ढकालले निर्वाचित सबैलाई बधाई व्यक्त गरे भने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer