२०८३ जेठ ११ सोमबार
Jhapa Today
Adv top

काठमाडौँबाट ब्राउन सुगर लिन झापा, दुईजना पक्राउ


बिर्तामोड, जेठ ११ । काठमाडौँबाट लागुऔषध ब्राउन सुगर लिन पूर्वी नाका काँकरभिट्टा आइपुगेको दुईजना युवा प्रहरीको फन्दामा परेका छन् । उनीहरुलाई हिजो पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-२५ असनचोक बस्ने ४० वर्षीय अजय चित्रकार र काठमाडौँ-२३ ओमबाहल टोल बस्ने ३७ वर्षीय सुशील मानन्धर रहेका छन् ।

हिजो दिउँसो ३ः३० मेची पुलमा १२ ग्राम ४२० मिलिग्राम ब्राउन सुगरसहित सिटी रिक्सामार्फत नेपाल आउँदै गरेका उनीहरुलाई शंका लागेर जाँच गर्दा लागुऔषध भेटिएको थियो ।

चित्रकार र मानन्धरलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पछिल्लो समय झापाका काँकरभिट्टा, भद्रपुरका साथै ग्रामीण नाकाहरु झापा बजार, गौरीगञ्ज, केचनाबाट लागुऔषध नेपाल भित्रिने गरेको छ ।

Adv footer