२०८१ असोज १३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कनकाई भेट्रान्स कपः दुधे सेमिफाइनलमा प्रवेश


सुरुङ्गा, बैशाख ७ । झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको मंगलबारको खेलबाट दुधे भेट्रान्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

कनकाई माविको खेल मैदानमा भएको खेलमा दुधेले दमक–लखनपुर भेट्रान्स क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यो खेलसँगै सेमी समीकरण पनि पूरा भएको छ । दुधेले इटहरीसँग सेमिफाइनलमा भेट पक्का गरेको छ ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टिमको गोल भने दोस्रो हाफमा सम्भव भएको हो । दुधेका लागि खेलको ४८औँ मिनेटमा मोहन तामाङले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै, उनैले ५५औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाउन सफल भए ।

खेलको अन्त्यतिर लय समाएको दमक–लखनपुरले एक गोल फर्काउन सफल रह्यो । खेलको ६१औँ मिनेटमा सुवास आङथुपोले गोल गर्दै गोलअन्तर घटाए पनि जीतका लागि सम्भव भएन । खेलको म्यान अफ द म्याच दुई गोलकर्ता दुधेका मोहन तामाङ घोषित भए । उनलाई स्थानीय फुटबलप्रेमी राजेन्द्र उप्रेतीको तर्फबाट नगद २ हजार प्रदान गरियो ।

कनकाई भेट्रान्स क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ वटा टिम सहभागी छन् । बुधबार पहिलो सेमिफाइनल खेल हुनेछ । आयोजक कनकाई भेट्रान्स क्लबले विराट बुद्ध भेट्रान्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार पाउँदा उपविजेताले नगद ६१ हजार र ट्रफी पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer