२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा आज १४९ जनामा कोरोना, बिर्तामोडमा मात्रै ३७


बिर्तामोड, बैशाख २० । झापाका पछिल्लो २४ घण्टामा १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ५९ जना महिला रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका ३७ जनामा संक्रमण पुष्टि भएको हो । जसमा १९ महिला र १८ जना पुरुष रहेका छन् ।

त्यस्तै, दमक नगरपालिकामा २७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ८ जना महिला छन् । यसैगरी, भद्रपुर नगरपालिकामा २३ जनामा संक्रमण पुष्टि भएको छ । ८ महिला र १५ पुरुषमा संक्रमण भएको हो । मेचीनगरमा ६ महिलासहित १४ जना, गौरादहमा ३ महिलासहित १२ जनामा संक्रमण पुष्टि भएको छ ।

कोभिड फोकल पर्सन जीवन चम्लागाईंका अनुसार अर्जुनधारामा ४ महिलासहित ११ जना, कनकाईमा ५ महिलासहित १० जना, कमलमा १ महिलासहित ६ जना, बुद्धशान्ति र हल्दिबारीमा २–२ जना महिला, शिवसताक्षी र बाह्रदशीमा २–२ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । गौरीगञ्जका एकजना पुरुष संक्रमित भएका छन् ।

आज दमक ५ की एक ५६ वर्षीया बृद्धाको उपचारको क्रममा धरानमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै झापामा मृत्यु हुनेको संख्या १३५ पुगेको छ ।

झापामा कुल संक्रमितको संख्या ५ हजार २६० जना पुगेको छ भने ५८० जना सक्रिय संक्रमित भई उपचाररत छन् । उपचारपछि निको हुने ४ हजार ५४५ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer