२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

गुरुङ दिदीबहिनीद्वारा एक लाखको स्वास्थ्य सामग्री प्रदान


बिर्तामोड, जेठ १० । इलाममा जन्मे हुर्किएर हाल विदेशमा रहेका एकै परिवारका चारजना दिदीबहिनीले इलाम अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

विभिन्न देशमा रहेका इलाम–७ निवासी कमल गुरुङका चार छोरीहरू सुजु गुरुङ, सुनु गुरुङ, मुनु गुरुङ र अनु गुरुङले जिल्ला अस्पताल इलामलाई एक लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

उनीहरुले पठाएको रकमबाट प्यासेन्ट मोनिटर, स्यानिटाइजर, मास्क, ग्लोभ्स लगायतका सामग्रीहरू खरिद गरी आमा बुद्धमाया गुरुङ (मुखिया) ले अस्पताललाई हस्तान्तरण गरिन् ।

अस्पतालका वरिष्ठ विशेषज्ञ चिकित्सक प्रभु शाह र आकस्मिक कक्षका इन्चार्ज टिका लुइँटेललाई इलाम–७ वडा अध्यक्ष नरेश श्रेष्ठको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

यस्तो विषम परिस्थितिमा अस्पताललाई आफूहरूले देशबाहिर रहेर पनि सहयोग गर्न पाएकोमा मुनु गुरूङले धेरै खुसी मिलेको बताइन् । मुनु यसअघि उक्त अस्पतालमा नर्सका रुपमा कार्यरत थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer