२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

औषधि व्यवसायीको खाद्यान्न वितरण जारी


बिर्तामोड, जेठ १६ । लक डाउन बढ्दै जाँदा दैनिक ज्यालादारी गुमाएका विपन्न मजदुरलाई नेपाल औषधि व्यवसायी संघ झापाले दोस्रो चरणमा आज खाद्यान्न वितरण गरेको छ ।

संघले जिल्लाका अतिविपन्न परिवारलाई खाद्यान्न वितरण कार्यक्रम बिर्तामोडबाट सुरु गरेको थियो । दोस्रो चरणअन्तर्गत आज आइतबार मेचीनगरको धाइजनमा १९ विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको संघका महासचिव जीवनकुमार खड्काल जानकारी दिए ।

मजदुरहरुलाई राहत खाद्यान्नअन्तर्गत प्रत्येक परिवारलाई २५ किलो चामल, २ किलो दाल, एक लिटर तेल, ५ किलो आलु र नुन १ किलोका दरले प्रदान गरिएको खड्काले बताए ।

यसअघि खाद्यान्न विरतण कार्यक्रमअन्तर्गत पहिलो चरणमा झापाको बिर्तामोडका दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका १९ विपन्न परिवारलाई राहत दिइएको थियो ।

संघले जिल्लाभरि दैनिक ज्यालादारी मजदुरलाई खाद्यान्न वितरण गर्ने कार्यक्रम बनाएको छ । संघमा आवद्ध केही व्यवसायीबाट रकम संकलन गरेर राहत वितरण गरिएको जनाइएको छ ।

धाइजनको खाद्यान्न वितरण कार्यक्रममा संघका अध्यक्ष गौतम गुप्ता, महासचिव खड्का, कोषाध्यक्ष विवेक बजगाईं, सहकोषाध्यक्ष युवराज भट्टराई, १ नम्बर प्रदेश सदस्य खेमलाल काफ्ले, मेचीनगर संयोजक रोमन भण्डारी, औषधि व्यवसायीहरु उमेश सुवेदी, वसन्त इङनाम, रमेश दाहाल, कृष्ण बजगाईं, डा. मारबिन देवान र लायन्स क्लब अफ बिर्तामोड सिटीका सचिव अनन्तलाल महतोको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer