२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

औषधि व्यवसायी संघ झापाद्वारा २१ परिवारलाई खाद्यान्न


बिर्तामोड, जेठ २१ । नेपाल औषधि व्यवसायी संघ झापाले विपन्नलाई खाद्यान्न वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ ।
आज शुक्रबार मात्र बिर्तामोड नगरपालिकाका दैनिक ज्यालादारी गर्ने १५ सहित २१ विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको संघका महासचिव जीवनकुमार खड्काले जानकारी दिए ।

मजदुरहरुलाई राहत खाद्यान्नअन्तर्गत प्रत्येक परिवारलाई २५ किलो चामल, २ किलो दाल, एक लिटर तेल, ५ किलो आलु र नुन १ किलोका दरले प्रदान गरिएको खड्काले बताए ।

यसअघि खाद्यान्न विरतण कार्यक्रमअन्तर्गत पहिलो चरणमा झापाको बिर्तामोड र दोस्रो चरणमा मेचीनगरका दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका ४० विपन्न परिवारलाई राहत दिइएको थियो ।

संघले जिल्लाभरि दैनिक ज्यालादारी मजदुरलाई खाद्यान्न वितरण गर्ने कार्यक्रम बनाएको छ । संघमा आवद्ध केही व्यवसायीबाट रकम संकलन गरेर राहत वितरण गरिएको जनाइएको छ ।

बिर्तामोडको खाद्यान्न वितरण कार्यक्रममा संघका महासचिव खड्का, औषधि व्यवसायीहरु रमेश दाहाल, होटल व्यवसायी रोचक बस्नेत, लायन्स क्लब अफ बिर्तामोड सिटीका सचिव अनन्तलाल महतोको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer