२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

लायन्स बिर्तामोड सिटीद्वारा पहिलो दिन दुई कार्यक्रम सम्पन्न


बिर्तामोड, असार १७ । लायन्स क्लब अफ बिर्तामोड सिटीले नयाँ पदभार ग्रहण गरेसँगै पहिलो दिन दुई सामाजिक कार्य सम्पन्न गरेको छ ।

बिहीबार शिवसताक्षी–११ मा रहेको गोकुल गोवद्र्धन गौशालामा एक कार्यक्रमको आयोजना गरी निवर्तमान समितिले नयाँ कार्यसमितिलाई पद सुम्पिएको थियो । लायन्स अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा द्वितीय उपाध्यक्ष मनोज बानियाँले स्वागत गरेका थिए भने सचिव उपेन्द्र बानियाँले सञ्चालन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि क्याम्पेन १०० डलरका चिफ लीलाप्रसाद चिमरिया, इम्प्याक्ट एरिया लिडर सत्यनारायण शर्मा, चार्टर प्रेसिडेन्ट नीरज ओली, एडिसनल ट्रेजरर विश्वासबाबु काश्यपलगायतले शुभकामना व्यक्त गरेका थिए ।

निवर्तमान अध्यक्ष चौधरीले सन् २०२१–२०२२ का अध्यक्ष रामेश्वर द्विवेदीलाई क्लबको लकेट तथा पदभार सुम्पिएका थिए ।

नयाँ कार्यकालको पहिलो दिन द्विवेदीको अध्यक्षतामा गौशालामा रहेका बटुक, गौसेवक तथा सन्तहरुलाई भोजन खुवाइएको थियो । त्यहाँ रहेका ३५ जनालाई भोजन खुवाइएको सचिव अनन्तलाल महतोले जानकारी दिए ।

त्यस्तै, गौशालाकै कम्पाउन्डभित्र क्लबले विभिन्न प्रजातिका फूलका बिरुवाहरु रोपेको छ । क्लबका अध्यक्ष द्विवेदी नेतृत्वको आगामी एकबर्से कार्यकाल जुलाइ १ तारिखबाट सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer