२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

लायन्स क्लबहरुद्वारा साधुटारमा खाद्यान्न वितरण


बिर्तामोड, असार १९ । डिजी सर्भिस सप्ताहअन्तर्गत तेस्रो दिन पूर्वका आठवटा लायन्स क्लबहरुले संयुक्त रुपमा खाद्यान्न लगायतका सामग्री वितरण गरेका छन् ।

झापाको अर्जुनधारा साधुटारमा रहेको शंकराचार्य पीठलाई झापा र पाँचथरका आठवटा क्लबले एक कार्यक्रमको आयोजना गरी खाद्यान्नलगायतका सामग्री हस्तान्तरण गरेका हुन् ।

जिएटिए लिडर खगेन्द्र सिटौलाको प्रमुख आतिथ्यता र डिस्ट्रिक्ट गभर्नर रेवतबहादुर कार्कीको विशेष आतिथ्यतामा भएको कार्यक्रममा ६५ हजार रुपैयाँभन्दा बढीको सामग्री दिइएको हो ।

रिजन चेयर पर्सन शैलेन्द्र कुरुङबाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जोन चेयर पर्सन जीवनकुमार खड्काले गरेका थिए । कार्यक्रमको सञ्चालन इम्प्याक्ट एरिया चिफ सत्यनारायण शर्माले गरेका थिए ।

कार्यक्रममा पीठका प्रमुख पण्डित लक्ष्मी खतिवडाले स्वागत गर्दै सबै सहभागी लायन्स सदस्यहरुलाई खादा पहिर्याएका थिए ।

डिस्ट्रिक्ट गभर्नर कार्कीले लायन्स क्लबबारे अवगत गराउँदै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । जिएटिए लिडर सिटौलाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बिर्तामोड, बिर्तामोड स्मार्ट लेडी, बिर्तामोड सिटी, अनारमनी, बिर्तामोड लेडी र भद्रपुरका अध्यक्षसहित सदस्यहरु र डिस्ट्रिक्ट स्तरका लायन्स लिडरहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer