२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

भोलिदेखि लामो दूरीमा गाडी चलाउने तयारी


बिर्तामोड, असार ३१ । सरकारले साउन १ गते अर्थात् भोलिदेखि लामो दूरीका सार्वजनिक गाडी जोरबिजोर प्रणालीमा चलाउन दिने तयारी गरको छ ।

यसबारे आज स्वास्थ्य मन्त्रालयसहित काठमाडौँ उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुख र सम्बन्धित अन्य निकायको बैठक बस्दैछ ।

लामो दूरीका गाडी नचल्दा नागरिकले धेरै दुःख पाएको भन्दै जोरबिजोर प्रणालीमा भए पनि सार्वजनिक गाडी चलाउन दिने तयारी भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

कामका लागि काठमाडौँ आउनै पर्ने यात्रुहरुले तेब्बर, चौबर भाडा तिर्नु परेको गुनासो बढेपछि जोरबिजोर प्रणालीमा लामो दूरीका गाडी चलाउने तयारी थालिएको हो ।

यसबारे बेलुकासम्ममा निर्णय हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । त्यस्तै, बजारमा भोलिदेखि निषेधाज्ञा कडा पार्ने हल्ला चलेको भन्दै उनले हल्लाको पछि नलाग्न पनि आग्रह गरे ।

अहिले कोरोना संक्रमण जोखिम नै रहेकाले साउन १ गतेदेखि कडा निषेधाज्ञा हुने हल्ला फैलिरहेको छ । तर, हल्ला फैलिए जस्तो कुनै पनि गतिविधि नहुने हुँदा किनमेलका लागि बजारमा भिडभाड नगर्न पनि उनको आग्रह छ ।
-उज्यालो अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer