२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

प्रहरीद्वारा प्रदेश १ मा करिब ४१ करोड राजश्व संकलन


बिर्तामोड, साउन ८ । संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुबीच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा गत आर्थिक वर्षमा ४० करोड रुपैयाँभन्दा बढी राजश्व संकलन भएको छ ।

संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ विशेष ध्यान दिई समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो ।

गत आर्थिक वर्षको १२ महिना अवधिमा ७ हजार ३८४ वटा विभिन्न अपराध सम्बन्धी मुद्दा दर्ता भई कारबाही गरिसकिएको छ भने फैसला कार्यान्वयनतर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका ७४३ जना फरार प्रतिवादी पक्राउ गरी ७३५ वर्ष कैद भुक्तान भई ४ करोड ४३ लाख ५८ हजार ९२७ रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी लागुऔषध नियन्त्रणतर्फ विशेष ध्यान दिई व्यापक रुपमा प्रहरी परिचालन गरे अनुसार ३ हजार ५१६ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ भने १ हजार ७८९।१११ केजी गाँजा बरामद भएको छ ।

यसैगरी विभिन्न मनोद्धिपक क्याप्सुल ५० हजार २५५ ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई १० हजार ३५८ एम्पुल बरामद भएको छ । अन्य बिभिन्न किसिमका मनोद्धिपक औषधीहरु २ हजार ४८३ ट्याब्लेट बरामद भएको छ ।

त्यस्तै, २ हजार ४२३ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७६ हजार ८६३ गाँजाका बोट नष्ट गरिएको छ ।
भन्सार चोरी निकासीतर्फ अवैध रुपमा समान चोरी निकासी गर्ने १९० जना मानिस पक्राउ गर्नुका साथै १९ करोड १ लाख ५८ हजार २१२ रुपैयाँ राजश्व संकलन भएको छ ।

त्यस्तै, नदीजन्य पदार्थको अवैध रुपमा दोहन गर्ने १७० जना मानिस र ७८५ वटा नदीजन्य पदार्थ उत्खनन गर्ने र ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ६५ लाख ७५ हजार ३०० राजश्व संकलन भएको छ ।

अवैध काठ चोरी निकासी गर्ने ७० जना मानिस पक्राउ गर्नुका साथै ३ हजार २६१ क्युफिट काठ बरामद गरी ७० लाख ३८ हजार ७८७ रुपैयाँ राजश्व संकलन भएको छ ।

ट्राफिक व्यवस्थापनतर्फ ट्राफिक नियम उल्लंघन गर्ने २ लाख ५४ हजार ३९४ वटा सवारी साधनलाई कारबाही गर्दा १५ करोड ९७ लाख ११ हजार राजश्व संकलन भएको छ । गत आर्थिक वर्षमा ७ हजार ३ सय ८४ मुद्दा दर्ता भई ४० करोड ७८ लाख ४२ हजार ३१७ राजश्व संकलन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer