२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

पद ग्रहणसँगै सामाजिक सेवामा सक्रिय लायन्स बिर्तामोड लेडी


बिर्तामोड, साउन १० । लायन्स क्लब अफ बिर्तामोड लेडी र लियो क्लबको पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार एक कार्यक्रमका बीच बिर्तामोडको इन्द्रेणी ब्यांक्वेटमा दुवै क्लबको संयुक्त पद हस्तान्तरण र ग्रहण भएको हो । वर्ष २०२१–२२ का लागि चयन भएको समितिलाई अघिल्लो वर्षको समितिले विधिवत पद हस्तान्तरण गरेको हो ।

कार्यक्रममा लायन्स क्लब अफ बिर्तामोड लेडी वर्ष २०२०-२१ की अध्यक्ष उर्मिला बिमली खरेलले वर्ष २०२१-२२ की अध्यक्ष दुर्गा पाठक थपलियालाई पद हस्तान्तरण गरेकी थिइन् ।

चार्टर प्रेसिडेन्ट उर्मिला बिमलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव नम्रतमा रिजाल ढकाल र सचिव इन्दिरा प्रसाईं खरेलले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल, डिस्ट्रिक्ट ३२५ ए१ का क्याम्पेन हन्ड्रेड चिफ लीला चिमरिया, इम्पेक्ट एरिया चिफ सत्यनारायण शर्मा, एडिसनल क्याबिनेट सेक्रेटरी नीरजकुमार ओली, सिनियर एडभाइजर ओमकृष्ण बिमली, रिजन चेयरपर्सन शैलेन्द्र कुरुङबाङ, जोन चेयरपर्सन जीवनकुमार खड्काले शुभकामना व्यक्त गरेका थिए ।

यसैबीच, जुलाई १ बाट जिम्मेवारी पाएको क्लबले विभिन्न सामाजिक सेवामुलक कार्यक्रम गरेको छ । डिजी सप्ताहअन्तर्गत क्लबले ती कार्यक्रम सम्पन्न गरेको हो ।

क्लबले पहिलो दिन बृक्षारोपण कार्यक्रम गरेको थियो । २२० वटा विभिन्न जातका बिरुवाहरु रोपिएको थियो ।
त्यस्तै, बिर्तामोडको मेगा कम्प्लेक्समा रक्तदान कार्यक्रम गरेर क्लबले ३१ पिन्ट रगत संकलन गरेको थियो । लकडाउनको बेला अस्पतालहरुमा रगतको अभाव टार्न यसले मद्दत पुगेको छ ।

क्लबले अन्य लायन्स क्लबहरुसँग मिलेर संयुक्त रुपमा खाद्यान्न वितरण कार्यक्रम पनि सम्पन्न गरेको छ । अर्जुनधाराको साधुटारधाममा क्लबले खाद्यान्न प्रदान गरेको हो । त्यस्तै, बिर्तामोडको परोपकार बृद्धा आश्रममा आश्रित ज्येष्ठ नागरिकहरुलाई क्लबको अगुवाईमा एक छाक खाना खुवाइएको थियो । कार्यक्रम क्लब ट्विस्टर दुर्गा पौडेलको संयोजनमा भएको थियो ।

त्यस्तै, क्लब बोर्ड डाइरेक्टर कल्पना बानियाँको संयोजनमा क्लबको आयोजनामा कनकाईस्थित पुकार अपांग अशक्त समाज झापामा आश्रितहरुलाई एक छाक खाना खुवाइएको थियो । बानियाँले आफ्नो जन्मदिनमा अपांगता भएकाहरुलाई खाना खुवाउने कार्यक्रम गरेकी हुन् ।

यसैबीच, क्लबमा छजना नयाँ सदस्य थप भएको छन् । अध्यक्ष दुर्गा पाठक थपलियाको प्रायोजनमा सुनिता प्रसाईं, दिपा प्रसाईं, टिका प्रसाईं बिमली, कला थापा, सरस्वती अधिकारी, चन्द्रकला चुडाल सिटौला नयाँ सदस्य भएका हुन् । क्लबमा अब सदस्यको संख्या ३२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer