२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडका ४० अपांगता भएका परिवारलाई खाद्यान्न


बिर्तामोड, भदौ १५ । छठ समाज सेवा समिति बिर्तामोड र नेपाल सुनचाँदी व्यवसायी संघ झापाले संयुक्त रुपमा बिर्तामोड नगरपालिका–१ र २ का अपाङ्गता भएका १५ परिवारलाई राहत वितरण गरेको छ ।

लकडाउनको समयमा जीविकोपार्जनको कुनै उपाय नरहेको र दैनिकी चलाउन असहज भएको जानकारी प्राप्त भएपछि दुवै संस्थाले राहत उपलब्ध गराएका हुन् ।

छठ समाजका वरिष्ठ उपाध्यक्ष रामेश्वर द्विवेदीको अध्यक्षता एवम् बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग वाणिजय संघका अध्यक्षः प्रकाश सिवाकोटी, सुनचाँदी व्यावसायी संघका विशिष्ट सदस्य रमेश बराइलीले राहत खाद्यान्न वितरणबारे आआफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ झापाका महासचिव जीवनकुमार खड्का, उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, उद्योग उपाध्यक्ष सञ्जीव घिमिरे, सुनचाँदीका उपाध्यक्ष बाबुराम विश्वकर्मा, कोषाध्यक्ष विजय श्राफ लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत सुनचाँदी व्यवसायी संघका विशिष्ट सदस्य रमेश बराइलीले गरेको थिए भने कार्यक्रमको सञ्चालन छठ समाजका सेवा समितिका महासचिव मनोज रौनियारले गरेका थिए ।

यसैबीच, बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड–३ का अपाङ्गता भएका २५ परिवरलाई राहत वितरण गरेको छ । कोरोना कहरका कारण आर्थिक समस्यामा परेका अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण गरिएको हो ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–३ का वडाध्यक्ष भोजराज सिटौलाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका निर्वमान अध्यक्ष कुमार भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य जीवनकुमार खड्का, गुञ्जन प्रसाईं, राधिका चुडाल, अपांगता स्वालम्बन संस्थाका अध्यक्ष दिपक थापा, हरि अधिकारी लगायतको आतित्थ्य रहेको थियो ।

दुवै कार्यक्रममा राहतस्वरुप चामल, दाल, तेल लगायतका खाद्यन्न सहयोग गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer