२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कक्षा १२ को परीक्षा भदौ ३० बाट


बिर्तामोड, भदौ १७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेबाट सञ्चालन गर्ने भएको छ ।

बोर्डको बैठकले भदौ ३० गतेदेखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । यस वर्षको परीक्षा होम सेन्टरबाटै सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ । यसका लागि बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरेको छ ।

कोभिड १९ को संक्रमणका कारण यसअघि कक्षा १२ को परीक्षा दुईपटक स्थगित भएको थियो । कक्षा १२ मा तीन लाख ७२ हजार ३४८ परीक्षार्थीका लागि बोर्डले चार हजार ३१० परीक्षा केन्द्र निर्धारण गरेको छ । होम सेन्टरमै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरिने शर्माले बताए । यस वर्ष १०० पूर्णांककै परीक्षा हुने भएको छ ।

गत वर्ष परीक्षा समय र अंकभार घटाएर परीक्षा लिएको थियो । बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतीजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनका आधारमा परीक्षा भएको थियो ।

परीक्षा तालिका :


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer