२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

वडा कार्यालय भवनका लागि न्यौपाने परिवारद्वारा २ कठ्ठा जग्गा प्रदान


बिर्तामोड, भदौ २७ । नेपाली कांग्रेसका स्थानीय नेता तथा समाजसेवी स्वर्गीय वेदनिधि न्यौपानेको स्मृतिमा उनको परिवारले वडा कार्यालय निर्माणका लागि जग्गा प्रदान गरेको छ ।

झापा गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय भवन निर्माणका लागि प्रदान गरिएको जग्गामा शिलन्यास पनि गरिएको छ । गाउँपालिका अध्यक्ष जयनारायण शाहले एक कार्यक्रमका बीच भवनको शिलन्यास गरेका हुन् ।

न्यौपाने परिवारले भवन निर्माणका लागि दुई कठ्ठा जग्गा प्रदान गरेको हो । स्वर्गीय न्यौपानेकी पत्नी वेदमाया न्यौपाने, छोराहरु दुर्गाप्रसाद न्यौपाने र खगेन्द्र न्यौपानेले सो जग्गा वडालाई दिएका हुन् ।

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष राजकुमार यादवलगायत स्थानीयको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer