२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडसहित ४३ ठाउँमा भोलिबाट सुपथ मूल्य पसल खुल्ने


Customers buying goods at reasonable price from seasonal shop at singhadurbaar road on thursday , 12 september photo : Monika malla / Nagarik / Republica

बिर्तामोड, भदौ ३१ । सरकारले झापाको बिर्तामोडसहित देशका ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आपनो कार्यालय रहेको स्थानमा असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको हो । सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ ।

चाडपर्वको अवसरमा हरेक वर्ष दसैँ, तिहार र छठ पर्वका बेला सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लाका ४३ ठाउँमा पसल सञ्चालन गर्ने जनाएको हो ।

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार कम्पनीले यसपालि चामल, दाल, चिउरा, पिठो र तेलमा पाँच तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा १० रुपैयाँ छुट दिनेछ ।

कम्पनीले झापाको बिर्तामोडस्थित पञ्चकन्या, काठमाडौँमा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण हुने जनाएको छ ।

त्यस्तै, विराटनगर, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत ठाउँबाट खाद्य वस्तु बिक्री वितरण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer