२०८१ असोज १३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

सातवटा निर्णय गर्दै सकियो एनसिडिए १ नम्बर प्रदेश बैठक


बिर्तामोड, असोज २ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) १ नम्बर प्रदेशको प्रथम पूर्ण बैठकले विभिन्न सातवटा निर्णय गरेको छ ।

धनकुटाको भेडेटारमा सम्पन्न बैठकले संघमा आवद्ध व्यवसायीको सदस्यता शुल्क प्रदेशभरि समान बनाउने निर्णय गरेको छ । संघले विभिन्न प्रयोजनमा १४ वटै जिल्लामा समान शुल्क निर्धारण गरेको हो ।

त्यस्तै, साविक मेची र कोसी अञ्चल शाखाको राहत कोष सञ्चालन निर्देशिका पुनरावलोकन गरी १ नम्बर प्रदेशअन्तर्गतका सम्पूर्ण जिल्ला शाखाका सदस्यहरुलाई लक्षित गर्दै पुनर्लेखन गरिने भएको छ । जसका लागि वरिष्ठ उपाध्यक्ष नरेन्द्र बरालको संयोजकत्वमा जिल्ला अध्यक्षहरु सदस्य रहेको समितिले निर्देशिका तयार गर्नेछ ।

बैठकले परिचयपत्रमा एकरुपता ल्याउने, औषधि व्यवस्था विभागको दर्ता नवीकरण, क्षतिपूर्ति नियमावली एवम् थोक नियुक्तिपत्रका बारेमा पनि आवश्यक निर्णय गरेको छ ।

त्यस्तै, १ नम्बर प्रदेश र प्रदेशअन्तर्गत जिल्लाका अध्यक्ष, महासचिव र कोषाध्यक्षका लागि तालिम तथा व्यवसायीका लागि ज्ञानमुलक र सीपमुलक तालिमको आयोजना गर्ने बैठकले निर्णय गरेको बैठकमा सहभागी साविक मेची शाखाका अध्यक्ष श्याम कोइरालाले बताए ।

१ नम्बर प्रदेश अध्यक्ष कुमार खतिवडाको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेशअन्तर्गत जिल्ला शाखाका अध्यक्ष, महासचिवसहित ३७ जना व्यवसायीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer